भारत विश्वकपको सेमिफाइनलमा प्रवेश, बंगलादेश बाहिरियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2019 | 09:22:28 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा बंगलादेशलाई २८ रनले हराउदै भारतले सेमिफाइनलमा स्थान पक्का गरेको हो । यस सगै विश्वकपको सेमिफाइनलमा स्थान पक्का गर्ने भारत दोस्रो टोली बनेको छ । अष्ट्रेलिया यस अघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । हार संगै बंगलादेशको सेमिफाइनल सम्भावना भने सकिएको छ ।

टस जितेर ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३१४ रन जोडेको थियो । भारतका लागि रोहित शर्माले शतकीय पारित खेल्दै १०४ रन बनाए । त्यस्तै लोकेश राहुलले ७७ , ऋषब पन्तले ४८, धोनीले ३५, तथा विराट कोहलीले २६ रन जोडे । अन्य खेलाडीले भने दोहोरो अंकको रन बटुल्न सकेनन । बंगलादेशका मुस्तफिजुर रहमानले ५ विकेट लिए ।

३१५ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रेको बंगलादेश ४८ ओभरमा नै अल आउट हुदै २ सय ८६ रन मात्र जोड्न सक्यो । बंगलादेशको लागि शाकिब अल हसनले सर्बाधिक ६६ रन तथा मोहम्मद सैबुदिनले नट आउट ५१ रन जोडे । त्यस्तै तामिम इकवालले २२, सोम्य सरकारले ३३, मूसफिकुर रहिमले २४ , लिटन दासले २२, सबिर रहमानले ३६ रन जोडे ।

भारतको लागि जस्प्रित भुम्राहले सर्बाधिक ४ तथा हार्दिक पाण्डेले ३ विकेट लिए । भुवनेश्वर कुमार, मोहम्मद शामी र युजवेन्द्र चहाल ले समान १-१ विकेट लिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved