बैंकको क्रेडिट कार्ड देखाएर किस्ताबन्दीमा स्मार्टफोन

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 24, 2018 | 05:34:06 PM मा प्रकाशित

laxmi  sunrise bank

१ रुपैयाँमा मोबाइल फोन उपलब्ध गराउँदै आएको ईजी मोबाइल केयर प्रा.लि.ले दशैं, तिहार  र छठ पर्वको अवसरमा नयाँ अफर ल्याएको छ । अफर अन्तर्गत बैंकका क्रेडिट कार्ड लिएका ग्राहकले मासिक किस्ताबन्दी र शुन्य ब्याजमा जुनसुकै ब्राण्डको स्मार्टफोन किन्न सक्नेछन् । 

बैंकको क्रेडिट कार्ड देखाउनुस्, शुन्य प्रतिशत र किस्ताबन्दीमा स्मार्टफोन लैजानुस नामक अफर अन्तरगत हाल ग्लोबल आइएमइ बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, नबिल बैंक, सेन्चुरी बैंक, माछापुच्छ«े बैंक, प्रभु बैंक, कुमारी बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यो अफरबाट लाभ लिन सक्ने कम्पनीले जनाएको छ । सिमित अवधिका लागि घोषणा गरिएको यस अफर अन्तर्गत किस्ताबन्दीमा कुनै ब्याज लाग्ने छैन । ग्राहकले आफ्नो चाहनाअनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनौट गरेर भुक्तानी गर्ने ईजी मोबाइलका अध्यक्ष संजित पौडेलले जानकारी दिए । 

कम्पनीले नगदमा स्मार्टफोन किन्ने ग्राहकहरुका लागि पनि अफर ल्याएको छ । ग्राहकहरुले स्मार्टफोन न्यूनतम ५ प्रतिशतदेखि ५० प्रतिशतसम्मको छुट पाउने छन् । कम्पनीले पुराना फोनहरु साटेर नयाँ फोन किन्न सकिने एक्सचेन्ज सुविधा पनि दिईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved