नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज फागुन २८ गते अन्तिम दिन रहेको छ । बैंकले माघ २८ गतेदेखि एक हजार अंकित मूल्यका २५ लाख कित्ताले हुन् आउने २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गरेको हो ।
बैंकले १५ लाख कित्ताले हुन् आउने १ अर्ब ५० करोड बराबरको प्राइभेट प्लेसमेन्टबाट र बाँकि १० लाख कित्ता १अर्ब बराबरको ऋणपत्र सर्वसाधारणलाई बिक्रि गरिने जनाएको छ । सर्वसाधारणलाई छुट्याइएको कित्ता मध्ये ५० हजार कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको बैंकले जनाएको छ । 'नेपाल एसबिआई बैंक ऋणपत्र २०८६' नाम दिइएको १० वर्षे अवधिको उक्त ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ।
न्युनतम २५ कित्ता र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । ऋणपत्र निष्काशनको लागि कुमारी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।