काठमाडौंमा गरिमाको एकै दिन ३ शाखा थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2020 | 01:52:26 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited ले एकैदिन ३ वटा शाखा विस्तार गरेको छ । बैंकले आइतबार काठमाडौंका विभिन्न स्थानमा एकै दिन ३ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

बैंकले सतुंगल, कुलेश्वर र मैतिदेवीमा गरी एकै दिन ३ वटा शाखा सञ्चालनमा ल्याएको जनाएको छ । यस्तै, बैंकले आश्विन १ गते देशका विभिन्न स्थानमा एकैदिन ६ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको थियो । यससंगै बैंकको कुल शाखा संख्या १०० पुगेको छ ।

बैंकले काठमाण्डौं उपत्यकाभित्र १६ वटा शाखा सहित देशभर सम्पुर्ण प्रदेशमा १०० शाखा र ५१ एटीएम मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved