अर्थमन्त्रीले घटाए बजेटको आकार, राजश्व संकलन लक्ष्य पनि घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2020 | 04:00:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटको आकार संशोधन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको अर्थ वार्षिक समीक्षा मार्फत बजेटको आकार घटाएका हुन् ।

गत जेठ १५ मा अर्थमन्त्रीले १५ खर्ब ३२ अर्बको बजेट प्रस्तुत गरेकोमा त्यसलाई घटाएर १३ खर्ब ८५ अर्ब कायम गरेको जनाएका हुन् । संशोधित बजेट चालु आवमा विनियोजित कूल बजेटभन्दा १ खर्ब ४७ अर्ब अर्थात् ९.६ प्रतिशत  कम हो।

त्यस्तै मन्त्री खतिवडाले राजश्व संकलन लक्ष्य पनि संशोधन गरेका छन् । उनले पूँजीगत खर्च ८०.१ प्रतिशत, कुल खर्च ९०.४ प्रतिशत र राजश्व संकलन ९५.६ प्रतिशत हुने नयाँ लक्ष्य लिएको जानकारी दिएका हुन् ।

उनले चालुखर्च तर्फ ९ खर्ब ४ अर्ब (९४.५ %), पुंजीगततर्फ ३ खर्ब २६ तर्फ (८०.१ प्रतिशत), वित्तीय ब्यबस्थातर्फ १ खर्ब ५४ अर्ब (९२.२ प्रतिशत) खर्च हुने संशोधित अनुमान पेश गरेका हुन्  ।

त्यस्तै मन्त्री खतिवडाले स्रोत तर्फ राजश्व र अन्तरिक ऋणबाट ११ खर्ब ३२ अर्ब, बैदेशिक अनुदान तर्फ ४३ अर्ब ५५ करोड, र बैदेशिक ऋण तर्फ २ खर्ब ९ अर्ब परिचालन हुने संशोधित अनुमान पेश गरेका छन् । 

मन्त्री खतिवडाले आयातको अवस्था अहिलेकै जस्ताे भएमा भन्सार राजश्वमा लक्ष्य पुरा हुन मुश्किल हुने समेत बताए  ।  कर्जा र निक्षेपकाे वृद्धिमा सुस्तता आएको पनि स्वीकार्दै उनले आर्थिक वृद्धि भने प्रक्षेपणकाे नजिक नै हुने दाबी गरे । बजेटले चालु आर्थिक बर्षमा आर्थिक वृद्धि ८.५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved