कर नतिर्ने २९ हजार बढीको नाम सार्वजनिक, तिरेर लाभ लिन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2020 | 07:27:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कर नतिर्ने २९ हजार बढीको नाम सार्वजनिक गरेको छ । आन्तरिक राजश्व विभागले भ्याटमा दर्ता भएका तर लामो समय कर विवरण नबुझाई कर समेत नतिरेका २९ हजार ४ सय ४७ कम्पनीको नाम सार्वजनिक गरेको हो 

विभागले ति कम्पनीको नाम, प्यान नम्बर, कम्पनीको प्रमुखको नाम, ठेगाना, दर्ता मिति र कर विवरण भरेको पछिल्लो मिति समेत सार्वजनिक गरेको हो 

विभागले कर विवरण पेश नगरेका करदाताले आफुले बुझाउनु पर्ने कर विवरण, सो अनुसारको कर र सो मा लाग्ने ब्याजको ५० प्रतिशतको रकम २०७७ फागुनसम्ममा बुझाएमा  जरिवाना, थप दस्तुर र बाँकि ब्याज मिन्हा हुने जनाएको छ । विभागले यस अवसर उपयोग गरी बाँकि रहेको कर विवरण र कर समय मै बुझाइ लाभ लिन आग्रह गरेको छ 

यहाँ क्लिक गरेर कर नतिरेका  २९ हजार ४ सय ४७ कम्पनीको नाम हेर्न सकिन्छ  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved