यो वर्ष हरेक नेपालीले वार्षिक २ लाख कमाउने अनुमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2024 | 06:05:35 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/८१ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (Percapita GDP) १,४३४ यू.यस. डलर हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले आज अनुमान सार्वजनिक गरेको हो ।

जस अनुसार गत आर्थिक वर्ष २०७९/८० मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,३८९ यू.यस. डलर हुने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,४११ यू.यस. डलर कायम गरिएको छ। 

चालु आर्थिक वर्ष २०८०/८१ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय (Percapita GNI) १,४५६ यू.यस. डलर हुने प्रारम्भिक अनुमान गरिएको छ। जुन हालको डलरको मूल्य अनुसार करिब २ लाख हुन आउँछ । गत आर्थिक वर्ष २०७९/८० मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,४०५ यू.यस. डलर रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,४१९ यू.यस. डलर कायम गरिएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved