वैदेशीक रोजगारले गरीबी घट्यो, कृषि उत्पादन पनि घटायो

भावना लामा

भावना लामा

Jan 11, 2019 | 06:09:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाललाई कृषिप्रधान देश भनिएता पनि देशको लागी आवश्यक कृषि उपज उत्पादन गर्न भने सकिएको छैन । वैदेशीक रोजगारको क्रम चल्न थालेपछि झनै देश कृषिमा परनिर्भर बनेको छ ।

नेपालको ८३ प्रतिशत जनसंख्या अझै पनि कृषि क्षेत्रमा निर्भर छन् । तर अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान भने मुस्किलले ३० प्रतिशतको हाराहारीमा छ । नेपालीको चुलो चौकोमा प्रयोग हुने अधिकांश कृषि उपज नेपालमा उत्पादन हुन सकेका छैन । भारतबाट गत बर्षमात्रै ३० अर्ब बराबरको कृषि उपज आयात भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

आर्थिक चाप बृद्धि भएसँगै नेपाली कामदार विदेशीन बाध्य भएका छन् । हाल ४० लाख नेपाली प्रवासमा श्रम गरीरहेको सरकारी तथ्याङकले देखाउँछ भने दैनिक सरदर एक हजारको संख्यामा विदेशीने गर्छन् । यसरी जनशक्ति विदेशीदा कृषि क्षेत्रको दिर्घकालीन उत्पादनमा नकारात्मक असर पर्ने अर्थविद् श्याम शाक्यको भनाई छ ।

हाल वैदेशीक रोजगारीबाट प्राप्त रेमिट्यान्सले देशको अर्थतन्त्र बलियो बनाउन सहयोग गरेको छ । नेपाली कामदार विदेशीएसँगै देशको गरीबी पनि घटेको छ । राष्ट्रिय योजना आयोगको अध्ययनले नेपालको गरीवी २८ दशमलब ५ प्रतिशत देखाएको छ । गरीबी घट्नुको मुख्य कारण भने वैदेशीक रोजगार नै रहेको देखिन्छ । ४० लाख घरपरिवारले मासिक रुपमा विदेशबाट पैसा प्राप्त गर्छन् । जसको कारण शिक्षा, स्वास्थ्य लगाए आधारभूत आवश्यकतामा पहँुच पुगेको छ । तर जनशक्ति यसरी बाहिरिँदा कृषि उत्पादन भने घटेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved