जेठ १७ देखि बैदेशिक रोजगारीमा जाने नेपाली कामदारको उडान ठप्प !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2019 | 11:33:30 PM मा प्रकाशित

laxmi  sunrise bank

रोजगारीको लागि विदेश जाने नेपाली कामदारको उडान आजदेखि ठप्प हुने भएको छ। नेपाल सरकारले आफ्ना ६ बुंदे माग सम्बोधन नगरेकाले नेपाल बैदेशिक रोजगार व्यवसायी संघले जेठ १७ देखि बैदेशिक रोजगारीको उडान ठप्प पार्न लागेको हो ।  

व्यवसायी संघले जेठ ३ गते वृहत व्यवसायी भेलामार्फत निर्णय नै गरेर ६ बुंदे माग सम्बोधन नभए जेठ १७ देखि २३ गतेसम्म बैदेशिक रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने निर्णय गरेको थियो। सोहि भेलाको निर्णय अनुरुप नै व्यवसायीले एक हप्ताको लागि विदेश जाने कुनै पनि कामदारको टिकट नलिएको संघका अध्यक्ष रोहन गुरुङले बताए । 

सरकारलाई दिएको समयसीमा भित्र आफ्ना माग सम्बोधन नभएका कारण पुर्व निर्धारित कार्यक्रम अनुरुप नै बैदेशिक रोजगारीको उडान ठप्प पार्न लागिएको गुरुङले बताए। संघले सरकारलाई दिएको समयसीमा भित्र माग सम्बोधन भएको छैन, गुरुङले  भने "सरकारलाई आफ्ना मागबारे ध्यानाकर्षण गराउन पनि आन्दोलनका कार्यक्रम जारी रहन्छ ।" सरकारले चाहेमा आन्दोलनका कार्यक्रमका विचमा पनि सरकारसंग छलफल गर्न तयार रहेको उनले बताए ।

आन्दोलनलाई लिएर व्यवसायीबीच नै एक मत नभएकाले एक हप्ताको लागि सबै कामदारको उडान पूर्ण रुपमा ठप्प हुने सम्भावना कम देखिन्छ। यो या त्यो पक्षको नभई समग्र व्यवसायीको समस्या भएकाले सबैले एकजुट भएर आन्दोलनको कार्यक्रमलाई साथ दिनेमा आफु बिश्वस्त रहेको गुरुङले बताए।   

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफ्ना मागबारे बेवास्ता गरेको भन्दै व्यवसायीहरुले प्रधानमन्त्री समक्ष लिखित निवेदन दर्ता गराइसकेका छन्। तर अहिलेसम्म पनि सो मागपत्रबारे हालसम्म कुनै सम्बोधन भएको छैन। 

व्यवसाय गर्ने इजाजत लिन राख्ने धरौटी रकमको व्याज पाउने व्यवस्था गर्नुपर्ने, मर्जर हुने संस्थाहरुलाई उपयुक्त छुट, सुविधा र सहुलियत दिनुपर्ने, मन्त्रालयमा सुचिकृत मेडिकल संस्था मार्फत मलेसियामा नेपाली कामदार पठाउने व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर व्यवसायीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए। 

७ दिन उडान ठप्प पार्दा पनि सरकारले वेवास्ता गरे विरोध, संघर्ष र असहयोगका थप कार्यक्रम मार्फत अनिश्चित कालका लागि बैदेशिक रोजगार बन्द गर्ने चेतावनी व्यवसायीले दिईसकेका छन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved