कलाकार सुनिता थेगीम सहित ३० नेपाली मलेसियामा पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 06, 2019 | 05:20:46 PM मा प्रकाशित

laxmi  sunrise bank

कलाकार सुनिता थेगिम सहित तीस नेपाली मलेसियामा पक्राउ परेका छन। मलेसियामा कार्यक्रम गर्नलाई नेपालबाट गएका कलाकार सुनिता थेगिम, श्रेया राई र सुजन अन्गेद्मे सहित करिब तीस नेपाली कार्यक्रम स्थलमै पक्राउ परेको जनाइएको छ। 

कार्यक्रम भईरहेको बेला सादा पोशाकमा आएका मलेसियाका प्रहरीले उनीहरुलाई त्यहाँको स्थानीय समयअनुसार करिब १२ बजे तिर पक्राउ गरेको बताइएको छ। दर्शकको रुपमा सादा पोशाकमा पुगेका मलेसियाका प्रहरीले करिब १ घण्टाको अवलोकन तथा अध्ययनपछि उनीहरुलाई पक्राउ गरेको हो। 

इदको अवसर पारेर साङ्गितिक मनोरञ्जन गराउन नेपालबाट गएका तीन जना कलाकार सहित त्यहाँका स्थानीय कलाकार र आयोजक एस.एस.ओ.जी. ग्रुपका सदस्य पनि पक्राउ परेका छन। कार्यक्रम बैधानिक तवरले नगरीएकाले पक्राउ गरिएको अनुमान गरिएको छ।  

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मलेसियाका अध्यक्ष सुनाखरी मगरले उनिहरु पक्राउ परेको पुष्टि गरेका छन। आफु कार्यक्रम पुगेको ५ मिनेटमै मलेसियाका प्रहरीले कलाकार र आयोजक टिमका सदस्यलाई पक्राउ गरेको उनले बिजपाटीलाई बताए। 

'दर्शकको रुपमा नै उनीहरु कार्यक्रम स्थलमा आएका रहेछन, केहि समयको अवलोकनपछि मात्र उनीहरुले आफुहरु मलेसियाको प्रहरी भएको जानकारी दिए' अध्यक्ष मगरले भने, 'कार्यक्रममा आयोजक, कलाकार र दर्शकलाई अलग अलग राखेर अनुसन्धान गरिएपछि कलाकार र आयोजक टिमलाई प्रहरीले पक्राउ गरे।'

बिगतमा आफुहरुले पनि यस्तो कार्यक्रम गर्दै आएपनि यसरि सादा पोशाकमा आएर कार्यक्रम स्थलबाटै पक्राउ गरेको यो नै पहिलो घटना भएको अध्यक्ष मगरले बताए। उनकाअनुसार मलेसियामा कार्यक्रम आयोजना गर्नलाई त्यहाँको स्थानीय सरकारलाई जानकारी दिएर जतिसक्दो कानुनि प्रकृया पुरा गर्नुपर्छ। 

पक्राउ परेकाहरुमाथि आउँदो सोमबार मात्र थप कारबाही हुने देखिन्छ। इदको कारण आज भोलि मलेसियामा सरकारी कार्यालय बन्द हुने भएको र शनिबार र आइतबार सार्वजनिक बिदा हुने भएकाले पक्राउ परेकाहरु कम्तिमा सोमबारसम्म जेल बस्नुपर्ने देखिन्छ।  यस घटनाबारे मलेसिया स्थति नेपाली दुतावासलाई जानकारी गराईसकिएको छ ।  

मलेसियामा टुरिष्ट भिजामा नेपालका कलाकारलाई लगेर कार्यक्रमको आयोजना हुँदै आएको छ। यद्दपी त्यहाँको कानुनअनुसार टुरिष्ट भिसामा गएकाले कुनै पनि कार्यक्रम गर्न पाउदैनन। त्यहाँ कार्यक्रम गर्नलाई कलाकारलाई आर्टिष्ट भिसामा लैजानुपर्छ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved