चीनको ९० प्रतिशत लगानीमा उत्तरी रसुवामा १२० मेगावाट आयोजना बन्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2019 | 08:41:47 AM मा प्रकाशित

laxmi  sunrise bank

उत्तरी रसुवाको रोङ्गा दोभान नजिक नयाँ जल विद्युत् आयोजनाको निर्माण कार्य अगाडि बढेको छ । लाङ्टाङखोला भोटेकोशी हाइड्रो कम्पनीले भोटेकोशीबाट १२० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न सो आयोजनाका बारेमा स्थानीय तहअन्र्तगतका निकायसँग समन्वय गरी निर्माण अघि बढाएको जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टले जानकारी दिए । 

स्थानीय तहसँग यसअघि समन्वय नगरेको गुनासो आएपछि उक्त आयोेजनाले ढिलै भए पनि यहाँका सरोकारवाला निकायलाई जानकारी गराई अघि बढ्दा निर्माणका बेला आउन सक्ने समस्या समाधान गर्न स्थानीय तहबाट सहजीकरण गर्ने वातावरण सिर्जना भएको जिल्ला समन्वय प्रमुख भट्टले बताए । 

गोसाइँकुण्ड गाउँपालिकाको वडा नं १ अर्थात् टिमुरेको तातोपानी तल भोटेकोशीमा बाँध बाँधी ५ दशमलव दुई किलोमिटर सुरूङ बनाइनेछ । आमाछोदिङ्मो गाउँपालिका वडा नं ५ रोङ्गाखोला नजिक पहराभित्र निर्माण हुने भूमिगत विद्युत्गृहमा प्रति सेकेण्ड १४३ घनमिटर पानी पठाई तीन वटा टर्वाइनको सहायताले १२० मेघावाट विद्युत् उत्पादन हुने बताइएको छ । 

आयोजना निर्माणका लागि नेपालीको १० र चिनियाँ कम्पनीको ९० प्रतिशत लगानी गर्ने कार्य योजना तय भई प्रारम्भिक चरणको निर्माण कार्य अगाडि बढिसकेको लाङ्टाङ भोटेकोशी हाइड्रोपावर कम्पनीका प्रोजेक्ट मेनेजर चिनियाँ नागरिक लीले जानकारी दिए । 

चार वर्षको समयावधिभित्र सम्पन्न गर्ने लक्ष्यसाथ शुरू भएको सो आयोजनामा करीब रु २३ अर्ब ८० करोड खर्च हुने जानकारी दिँदै मेनेजर लिले आयोजनाले जल, जमीन र जङ्गल प्रयोग गर्दा स्थानीय बासिन्दालाई पर्ने प्रभावको असर न्यूनीकरण गर्न लागतको शून्य दशमलव ७५ प्रतिशत रकम सामूहिक विकासमा खर्च गरिने बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved