नलगाड जलविद्युत आयोजनाको लागि ४ हजार जनाको जग्गा अधिग्रहण गरिदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 07:31:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नलगाड हाइड्रोपावर कम्पनीले प्रबर्दन गरेको ४ सय १७ मेगावाटको नलगाड जलाशययुक्त आयोजनाले जग्गा अधिग्रहणको प्रक्रिया अगाडी बढाएको छ । कम्पनीले जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत आयोजनाको लागि आवस्यक पर्ने बारेकोट गाउँपालिकाको जग्गा अधिग्रहणको प्रकिया अगाडी बढाएको हो ।

कम्पनीले  साविकको सकला गाविसको वडाहरु १,२,३,४,६,७,८ र ९, नायकवाडाका वडाहरु ५,६,७, र ८ , रोकायाँगाउँको वडाहरु ६ र ९ तथा रामीडाँडाको वडाहरु १,२,३ र ६ को जग्गा अधिग्रहण गर्न लागेको हो । 

यस आयोजनाको लागि ३ हजार ८ सय ६१ जनाको जग्गा अधिग्रहण गर्नु पर्ने कम्पनीले जनाएको छ । साथै अधिग्रहण गर्नु पर्ने जग्गाको विवरण पनि सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालयले अधिग्रहण हुन् लागेको जग्गाको जग्गाधनी प्रमाणपत्र र मालपोत तिरेको रसिदको प्रतिलिपि १५ दिन भित्र कम्पनीमा बुझाउन आग्रह गरको छ ।

यदि सुचीमा कसैको जग्गा छुटेको भए समाबेश गरिने र समावेश नहुनु पर्ने जग्गा समावेश भएको भए हटाइने कम्पनीले जनाएको छ । जग्गा अधिग्रहण सम्बन्धि बिस्तृत विवरण मंगलबारको गोरखापत्र र कम्पनीको वेबसाइटमा समेत हेर्न सकिने कम्पनीले जनाएको छ।

यस आयोजनाको बारेकोट गाउँपालिकाको अँधेरीखोलामा बाँध निर्माण र नलगाड नगरपालिका–७ दल्लीमा भूमिगत विद्युत्गृह निर्माण हुनेछ। आयोजनाले सर्वसाधारणलाई २५ प्रतिशत आईपिओ निष्काशन गर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved