सीईओ गुप्ता: सेयरबजारका कुलमान!

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 30, 2019 | 10:26:42 AM मा प्रकाशित

laxmi  sunrise bank

४ बर्ष अगाडीसम्म लगानीकर्ताहरुले प्राथमिक शेयर आइपीओंमा आवेदन दिन समेत घाम पानी नभनी दिनभर लाइन बस्नु पर्थ्यो । कष्टसँग दिएको आवेदनले हातमा शेयर पर्यो भने त् ठिकै हो, परेन भने फेरी शेयर नपरेको पैसा लिन अर्को लाइन बस्नुको विकल्प थिएँन । केन्द्रिय निक्षेप प्रणाली अर्थात् सिडीएस एण्ड क्लियारिंगमा देव प्रकाश गुप्ताको इन्ट्री भएसंगै यो सब इतिहास मात्र भएनन्, समग्र बजार नै नयाँ युगमा प्रवेश गर्यो । 

४ बर्ष अगाडी उनले प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्दा शेयरहरु डिम्याट भएका थिएनन् । उनले पहिलो काम नै भौतिक रुपमा रहेका शेयरलाई डिम्याट अर्थात् अभौतिक गर्न लागे । त्यस समय केहि बैंक तथा बित्तिय संस्थाको शेयर मात्र डिम्याट भएको थियो । उनले अनिवार्य डिम्याटलाई पहिलो लक्ष्य मानेर काम सुरु गरे । जसलाई धितोपत्र बोर्डले पनि साथ दियो । यो नै उनको सुरुवाती सफलता थियो।

अनिवार्य डिम्याटले शेयर ट्रान्सफरको झन्झटिलो प्रकिया समाप्त पार्यो, बजारमा पारदर्शिता बढ्यो, कारोबारको भोल्युम बढ्यो । त्यहि समय नै नेप्से परिसूचक अहिलेसम्म कै उच्च बिन्दुमा पुग्यो। यसको अर्को उपलब्धि भनेको फर्जी प्रमाणपत्र लिएर शेयर कारोबार गर्नेहरुको पहिचान भए। उनीहरु पहिचान मात्र भएनन् , हराए पनि।

दोस्रो काम भनेको उनले सिडीएस र नेप्सेको सिस्टम मिलान गर्न थाले । त्यस बेलाको समय सम्झदै उनी भन्छन्, निष्काशन भएको पुरै शेयर सूचीकरण नै नभएको अवस्था समेत भेटेका थियौ, शेयरको संख्या नै कति हो भन्ने यकिन थिएँन, कहिल्यै पनि हिसाब मिलान भएको थिएन ।' यसबाट  शेयर संख्या पुरै सूचीकरण नगर्ने, यसैको माध्यमबाट ठगि गर्ने प्रवित्ति हरायो । 

त्यस्तै मेरोशेयर सफ्टवेयरको सुरुवातले लगानीकर्तालाई अनेकौ सुविधा थपिए। घर बाट नै आईपिओ, हकप्रदको आवेदन अनलाइन मार्फत दिन सकिने भयो । त्यहि समय धितोपत्र बोर्डले आश्वा सिस्टम ल्यायो । त्यसले आफ्नो नजिकको जुनसुकै बैंकमा गएर आवेदन दिन सकिने भयो । 

सीइओ गुप्ता भन्छन, 'त्यसले एक ठाउँमा हुने भिडलाई धेरै तिर छर्यो तर बैंक मै जानु पर्ने बाध्यता हटेन। त्यहि बाध्यता हटाउन मेरो शेयर सफल भयो ।' यस संगै शेयर निष्काशन देखि बांडफांडसम्मको समय ९ महिनाबाट ३६ घण्टामा झर्यो । यो मात्र नभई शेयर निष्काशनमा लाग्ने लागत पनि कम भयो । अनलाइनबाट आवेदन दिन सकिने भएपछि आवेदन दिने लगानीकर्ताको संख्या ह्वात्तै बढ्यो । साथै राजधानीमा केन्द्रित प्राथमिक बजार देश भर फैलियो । मेरो शेयर सिस्टम बैंकसंग टाईअप भएको र यसले दोहोरो आवेदन समेत चेक गर्ने हुँदा असली लगानीकर्ता मात्र शेयर बाँडफांड प्रक्रियामा सहभागी हुन् पाए भने शेयर पाउने सम्भावना समेत बढ्यो ।

त्यस्तै दोस्रो बजारतर्फ अनलाइनबाट नै डिआईएस स्लिप पठाउन सकिने सुबिधा पनि सिडीएसले ल्यायो । समय मै शेयर राफसाफ नहुने विषयलाई समेत उनले गम्भीरतापुर्वक लिएर कारोबार भएको ३ दिन मै राफसाफ हुने सिस्टम बसाले । त्यो लागु गर्नु अगाडी ६ दिनसम्म पनि शेयर राफसाफ नभएको गुनासो आउने गरेको उनी स्मरण गर्छन। क्लियारिंग बैंक १ वटा बाट ४ वटा बनाएरपछि राफसाफ प्रकिया झनै सजिलो भयो ।

त्यस्तै उनले आफ्नो कार्यकालमा एसिया प्यासिफिक क्षेत्रका सिडिएसहरुको साधारणसभा नेपालमा गराउन सफल भए । यो क्षेत्रमा नेपालको सिडीएस  सबै भन्दा कान्छो रहेको तर धेरै प्रगति गरिसकेकोले नेपालको बजार चिनाउन त्यो कोशेढुंगा भएको उनी दाबी गर्छन ।

यस्तै उनको कार्यकालको अन्तिममा एउटा चुनौतीको रुपमा खडा भयो भारित औसत लागत। कर सम्बन्धि कर्यक्षेत्र आफ्नो नभएपनि त्यसको सिस्टम भने सफलतापुर्वक बनाएर लगानीकर्तालाई दिन सकेकोमा उनी गर्व गर्छन । आफुसंग भएको डाटाबाट जति सकिन्छ, त्यहि अनुसारको सिस्टम बनाएको उनी बताउछन् । यदि कोहि लगानीकर्ताको खरिद मूल्य फरक सिस्टममा देखिए त्यसलाई सच्याउने अधिकार लगानीकर्तालाई दिईएको उनले बताए । 

उनी भन्छन, सिडीएससंग भएको डाटाको आधारमा सिस्टम बनेको हो, सिस्टममा देखिएको मूल्य गल्ति भए लगानीकर्ता आफैलाई सच्चाएर रिमार्क्स भन्ने स्थानमा सच्याउनको कारण लेख्न सक्छन।  सिडीएससंग मूल्य प्रमाणित गर्ने मेकानिजम नभएकोले मूल्यको विषयमा लगानीकर्ता आफै जिम्मेवार हुने उनी बताउछन् ।

यद्यपि आफ्नो कार्यकालमा उनले आफ्ना केहि लक्ष्य भने पुरा गर्न सकेनन । उनले मेरो शेयर मार्फत नै साधारणसभामा भोट गर्न सकिने सिस्टम ल्याउन चाहेका थिए, जुन अधुरै रह्यो । अनलाइनबाट नै भोट गर्न सकिने सिस्टम ल्याउन भने उनी असमर्थ रहे । 

त्यस्तै केवाईसीलाई समेत उनले केन्द्रिकृत गर्न चाहेका थिए । एक ठाउँमा केवाईसी भरेपछि जहाँ गएपनि त्यसको कोडले काम हुने र अर्को ठाउँमा फेरी केवाईसी भर्ने बाध्यता हटाउने उनको योजना थियो । त्यसको लागि पहिचान नामक सिस्टम पनि बनेको छ । तर लगानीकर्ता माझ नै ल्याउन भने उनी असफल भए । यद्यपि यो सिस्टम हाल निक्षेप सदस्यहरुले प्रयोग गरिरहेको र सरकारी बैंकहरुले समेत परिक्षण समेत गरिरहेको उनी बताउछन् । यो पूर्ण कार्यान्वयनमा आए केवाईसीको झन्झटिलो प्रक्रिया अन्त्य हुने उनी बताउछन् ।

त्यस्तै उनी सिडीएस शेयरमा केन्द्रित हुन् नहुने बताउछन् । सोहि कारण आफुले एकेडेमिक डिपोजिटरीको अवधारण ल्याउन खोजेको उनने बताए । यदि त्यो सफल भएमा अहिले रोजगारीको लागि आवेदन दिंदा ठाउँ ठाउँमा आफ़्ना सर्टिफिकेट बोकेर जान नपर्ने र केवाईसीको जस्तै एउटा कोडले जहाँ पनि ति सर्टिफिकेट देखिने उनी बताउछन् । यस्तै सिस्टम नागरिकता बनाउने ठाउमा, पासपोर्टको लागि लगायत हरेक सरकारी निकायमा गर्न सकिने उनी बताउछन् । सिडीएस आफै पनि सरकारी निकाय भएकोले यो काम सम्भव हुने उनको दाबी छ । सिडीएसले डाटा कम्पनीको रुपमा काम गर्न सक्ने र यदि त्यो भएमा सरकारी सेवा लिने सम्पूर्ण सेवाग्राहीलाई सहज हुने उनी बताउछन् ।

मोटिभेसनको जागरण 

उनी आउँदा सिडीएसका कर्मचारीमा मोटिभेसन नभएको उनी आफै स्वीकार गर्छन । उनले त्यसलाई पनि परवर्तन गरे । उनका कर्मचारी अधिकांश आइटी क्षेत्रका इन्जिनियर छन् । केहि काम नै नहुँदा कर्मचारीहरु काम गर्ने जागर नै नरहेको उनी बताउछन् । तर उनी आए संगै मेरोशेयर लगायतका विभिन्न प्रोजेक्ट सुरु गरेर कर्मचारीहरुलाई क्षमता अनुसारको काम दिए । यस बाट उनीहरु मोटीभेटेड भएको गुप्ता बताउछन् । आफ्नो नेतृत्वबाट आफ्ना कर्मचारीहरु पनि सन्तुष्ट भएको उनी दाबी गर्छन । 

त्यस्तै गुप्ता आएपछि ११ करोड घाटामा रहेको कम्पनी नाफामा जान थाल्यो । ३० करोडको कम्पनी ११ करोडको घाटामा भएको गुप्तालाई चित्त बुझेंन । त्यसपछि गुप्ताले घाटा घटाउदै नाफामा जाने रणनिति लिए । पहिलो बर्ष नाफा कमाउन नसकेपनि दोस्रो बर्षदेखि नाफा कमाउन उनी सफल भए । गत बर्ष कम्पनीले नाफा कमाएर लाभांश समेत दिएको थियो । अहिले कम्पनीको नाफा १० करोडको हाराहारीमा रहेको उनी बताउछन् ।

आफ्नो कार्यकालबाट धितोपत्र बोर्ड, नेप्से र लगानीकर्ता पनि सन्तुष्ट रहेको उनको दाबी छ । अवसर आए आफु दोस्रो कार्यकालको लागि पनि तयार रहेको उनले बताए। दोस्रो कार्यकालको पनि जिम्मेवारी दिए पहिले हालका अधुरा काम सक्ने र त्यसपछि थप योजना बनाउने उनी बताउछन् । दोस्रो कार्यकालको अफर नआए के योजना छ भन्ने प्रश्नमा उनी भन्छन, 'के गर्छु टुंगो छैन, आफ्नै पारिवारिक बिजनेश पनि हेर्न सक्छु, के हुन्छ अहिले नै भन्न सक्दिन। '

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved