बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2018 | 10:02:23 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज बुधबार सुनको मूल्य बढेको  छ भने चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार  प्रति तोला ५७ हजारमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा २  सयले बढेर प्रति तोला ५७ हजार २ सयमा कारोबार भईरहेको छ  । 

त्यस्तै चाँदी स्थिर रहदै प्रति तोला  प्रति तोला ७५५  रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी गोल्ड प्रति तोला ५६    हजार ९ सयमा कारोबार भईरहेको छ।   

नेपाल सुनचाँदी व्यवसाय महासंघले आज मंगलबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४९ हजार ४० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८ हजार ७ सय ८५ रुपियाँ तोकेको छ । साथै प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४७ रुपियाँ ५० पैसा कायम गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved