आज सुनचाँदीको भाउ कति छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2019 | 12:10:24 PM मा प्रकाशित

laxmi  sunrise bank

महिनाको पहिलो र हप्ताको अन्तिम दिन आज शुक्रबार सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ बढेको छ । छापावाला सुन आज तोलाको ७० हजार ६ सय रुपैयाँमा नै कारोबार भईरहेको छ । यो मूल्य गत बुधबारदेखी स्थिर छ । 

तेजावी सुनको भाउ पनि गत बुधबारदेखी नै तोलाको ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८५० रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ५३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार २७५ र प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved