शुक्रबार घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2020 | 11:05:32 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहीबार तोलाको ९१ हजारमा कारोबार भएको छापावाला सुनको भाउ ५०० रुपैयाँले घटेर आज ९० हजार ५०० रुपैयाँमा आईपुगेको छ ।

तेजावी सुन पनि आज तोलामा ५०० रुपैयाँले नै घटेर ९० हजार ६५ रुपैयाँमा आईपुगेको छ । त्यस्तै चाँदीको भाउ पनि आज तोलाको १० रुपैँयाले घटेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार २१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८०६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved