निरन्तर ओरालो लाग्दै सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2020 | 10:44:20 AM मा प्रकाशित

laxmi  sunrise bank

सुन चाँदीको भाउ ओरालो लाग्नेक्रम अझै रोकिएन । आज बुधबार पनि सुन  चाँदीको भाउ घटेको छ । मंगलबार तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ८ सयमा झरेको छ । तेजावी सुनको मूल्य पनि प्रति तोला ४ सयले नै घटेर ९६ हजार ३ सय रुपैयाँमा आईपुगेको छ । 

आज चाँदीको भाउमा पनि १० रुपैयाँले  घटेको छ । आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ९९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ५६० र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय २३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved