शुक्रबार सुनको भाउमा झिनो गिरावट, चाँदी स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2020 | 10:46:52 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार सुनको भाउमा झिनो गिरावट आएको छ । बिहीबार तोलाको ९४  हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ५ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा २ सयले नै घटेर ९४ हजार रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउमा भने आज कुनै परिवर्तन आएको छैन। चाँदी आज तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ५९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ११ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved