परिवारको आग्रहमा भरतमोहन अधिकारी भेन्टिलेटरमा, अस्पतालमा नेकपाका नेताहरुको घुइंचो

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 02, 2019 | 06:44:30 PM मा प्रकाशित

laxmi  sunrise bank

पुर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारिको स्वास्थ्य अवस्था निकै गम्भीर बनेको छ। तीन सातादेखि उपचार भईरहेको ह्याम्स अस्पतालले आज एक पत्रकार सम्मेलन गरी अधिकारीको स्वास्थ्य अवस्था गम्भीर बनेको जानकारी गराएका हुन। 

अस्पतालकाअनुसार अधिकारीको महत्त्वपूर्ण अंगले काम गर्न छाडिसकेको छ। 'पछिल्लो २४ घण्टादेखि पिसाब भएको छैन, सम्पूर्ण प्रयासका बावजुद उहाँ (अधिकारी) लाई बचाउन सक्ने सम्भावना न्यून देखिन्छ, अहिले सजिलो बनाउने उपचार गरिरहेका छौँ' अस्पतालले भनेको छ।    

सम्पूर्ण प्रयासका बावजुद अधिकारीलाई बचाउन सक्ने सम्भावना न्यून रहेको अस्पतालले जनाएको छ। डाक्टर हेमराज पनेरुको टिमले अधिकारीको उपचार गरिरहेको छ। 

अस्पतालले आकस्मिक पत्रकार सम्मेलन डाकेलगत्तै अधिकारीको अवस्था बुझ्न पुर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधबकुमार नेपाल, बामदेब गौतम, मन्त्री लालबाबु पण्डित अस्पताल पुगेका छन। त्यस्तै शिक्षामन्त्री गिरिराजमणि पोखरेल तथा नेकपाका नेता रघुजी पन्त समेत अस्पताल पुगिसकेका छन। 

अस्पताल स्रोतकाअनुसार अधिकारीलाई केहि बेर भेन्टिलेटरबाट निकालिएको थियो। तर मुस्किलले १० मिनेट जति सास फेरेपछि उनि पुन अचेत अवस्थामा पुगेका थिए। छोरीहरुको आग्रहमा अधिकारीलाई भेन्टिलेटरमा राखिएको बताइएको छ। 

लामो समयदेखि छातीको संक्रमणबाट पिडित अधिकारी गत पुस २३ देखि अस्वस्थ भएर सुरुमा मेडिसिटी अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो। उनको अवस्था चिन्ताजनक बनेपछि ह्याम्स अस्पताल लगिएको हो। 

यस अघि:

अस्पताल भन्छ- 'भरतमोहन अधिकारी जीवित हुनुहुन्छ तर...'

पुर्व उपप्रधान तथा अर्थमन्त्री अधिकारीको अवस्था चिन्ताजनक, अस्पतालमा आकस्मिक पत्रकार सम्मेलन

मनमोहन सरकारमा अर्थमन्त्री रहेका बेला एमालेका नेता भरतमोहन अधिकारीले २०५९ सालमा ७५ वर्ष नाघेका जेष्ठ नागरिकलाई सय रुपैयाँ भत्ता दिएर यसको शुरुवात गरेको थियो। सरकारले अहिले ६५ बर्ष नाघेकाहरुलाई बृद्धभत्ताबापत मासिक दुई हजार रुपैंया उपलब्ध गराउँदै आएको छ। त्यस्तै अधिकारीकै पालामा आफ्नो गाउँ आफैँ बनाऔँ भन्दै गाउँमा बजेट पठाउने’ अभियान सुरु भएको हो। 

अधिकारीले चारपटक अर्थमन्त्री, एकपटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन जस्ता विभाग प्रमुख जस्ता भूमिका निर्वाह गरिसकेका छन।    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved