अधिकारीको क्लिनिकल रुपमा निधन, अस्पतालमा नेताको भिडभाड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2019 | 09:03:12 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं स्थित ह्याम्स अस्पतालमा उपचाररत पुर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वस्थ्य अवस्था निकै गम्भीर बनेको छ। अस्पतालले आकष्मिक पत्रकार सम्मेलन डाकेर अधिकारीलाई बचाउन सक्ने सम्भावना अत्यन्त न्यून रहेको जानकारी गराएको छ। 

अधिकारीको स्वास्थ्य स्तिथिबारे जानकारी लिनलाई अस्पतालमा नेताहरुको भिड बढेको छ। अधिकारीको स्वास्थ्य अवस्था गम्भीर भएको खबर बाहिरीएपछि स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव गौतम, कानून, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, श्रम रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्ट अस्पताल पुगेका छन।    

नेकपाका केन्द्रीय सदस्य तथा पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले अधिकारीको क्लिनिकलरुपमा मृत्यु भइसकेको र प्रविधिकरुपमा मात्र उनि  जीवित भएको बताएका छन। उनकाअनुसार अधिकारीको सबै परिवारका सदस्य राजधानी आएपछि चिकित्सकले औपचारिक रुपमा मृत घोषणा गर्नेछन।  

यस अघि:

-अस्पताल भन्छ- 'भरतमोहन अधिकारी जीवित हुनुहुन्छ तर...'

-पुर्व उपप्रधान तथा अर्थमन्त्री अधिकारीको अवस्था चिन्ताजनक, अस्पतालमा आकस्मिक पत्रकार सम्मेलन

-परिवारको आग्रहमा भरतमोहन अधिकारी भेन्टिलेटरमा, अस्पतालमा नेकपाका नेताहरुको घुइंचो

मुटु र फोक्सोमा समस्या भएपछि उपचाररत अधिकारीलाई कृत्रिम श्वासप्रश्वासका लागि ‘भेन्टिलेटर’मा राखिएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्तका अनुसार उनको रक्तचाप बढाउन औषधि प्रयोग गर्नुपरेको छ भने शरीरका महत्वपूर्ण अङ्गले काम गर्न छाडेका छन् । बितेका २४ घण्टादेखि पिसाब बन्द भएको छ । 

गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा उपचारमा सुधार नभएपछि ह्याम्स अस्पतालमा पुनःभर्ना गरिएको थियो । अधिकारीका स्वकीय सचिव महेश विष्टका अनुसार ह्याम्स अस्पतालमा उहाँको उपचारमा डा भगवान् कोइराला, डा मनबहादुर केसी र डा अर्जुन कार्कीलगायतका संलग्न छन् ।

मनमोहन सरकारमा अर्थमन्त्री रहेका बेला एमालेका नेता भरतमोहन अधिकारीले २०५९ सालमा ७५ वर्ष नाघेका जेष्ठ नागरिकलाई सय रुपैयाँ भत्ता दिएर यसको शुरुवात गरेको थियो। सरकारले अहिले ६५ बर्ष नाघेकाहरुलाई बृद्धभत्ताबापत मासिक दुई हजार रुपैंया उपलब्ध गराउँदै आएको छ। त्यस्तै अधिकारीकै पालामा आफ्नो गाउँ आफैँ बनाऔँ भन्दै गाउँमा बजेट पठाउने’ अभियान सुरु भएको हो। 

अधिकारीले चारपटक अर्थमन्त्री, एकपटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन जस्ता विभाग प्रमुख जस्ता भूमिका निर्वाह गरिसकेका छन।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved