डा. रंगीनाले जितिन एमएस नेपाल इन्टरनेसनलको उपाधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2019 | 06:47:09 AM मा प्रकाशित

laxmi  sunrise bank

विवाहिता महिलाबीचको सौन्दर्य प्रतियोगिता एमएस नेपाल इन्टरनेसनल–२०१९ को उपाधि डा. रंगीना लाइकमबम शाहले जितेकी छन्। डा. लाइकमबमले प्रतियोगितामा सहभागी सातै प्रदेशका ३६ जनालाई पछि पार्दै उपाधी हात पारेकी हुन। 

यहि असोज ४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगीतामा बिजेता बनेकी डा. लाइकमबमलाई नायिका करिष्मा मानन्धरले ताज पहिराइदिएकी थिइन। पूर्वप्रधान सेनापति रुक्मांगत कटुवाल प्रमुख निर्णायक रहेको सो सौन्दर्य प्रतियोगितामा नायक राजेश हमाल र करिष्मा मानन्धरले प्रतियोगीको मुल्यांकन गरेका थिए । 

पाँचौं एमएस नेपाल इन्टरनेसनल–२०१९ को उपाधि हात पारेकी डा. लाइकमबमले आगामी अक्टुबरमा सिंगापुरमा सम्पन्न हुने अन्तर्राष्ट्रिय स्तरको विवाहिता महिलाको सौन्दर्य प्रतियोगितामा भाग लिन पाउनेछिन।

डा. लाइकमबम (ल्याप्रोस्कोपी) स्त्रीरोगसम्बन्धी उपचार दुरबिन सर्जरीबाट गर्ने डाक्टर मध्ये एक हुन। जर्मनीबाट यस्तो प्रविधिको सुरुवात भएको भएपनि नेपालका लागि भने यो नयाँ प्रविधि हो। पेटमा स–साना घाउ बनाई फाइबर अप्टिक इन्डोस्कोप (दूरबिन)को सहायताले तल्लो पेटका भित्री अंगहरूको समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपी भनिन्छ । सजिलो भाषामा ल्याप्रोस्कोपी  भनेको धेरै चीरफार नगरी दुरबिनबाट गरिने सर्जरी –शल्यक्रिया हो ।

त्रिपुरेश्वरस्थित ब्लूक्रस हस्पिटलमा आबद्ध डा. लाइकमबम दुरविन प्रविधिमा सर्जरी गर्नुका साथै पछिल्लो समय नेपालमा दुरबिन प्रविधिबाट गरिने उपचारबारे आम सर्वसाधारणलाई जानकारी दिने अभियानमा समेत लागिपरेकी छन। 

यो पनि:

-पेट नचिरिकनै गरिने अप्रेशन बढी वैज्ञानिक र सुरक्षित
 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved