दुई हप्ताअघि अस्ट्रेलिया गएका नेपालीमा कोरोना संक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2020 | 11:48:49 AM मा प्रकाशित

laxmi  sunrise bank

अस्ट्रेलिया गएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्ट्रेलियाको तास्मानिया गएका २० वर्षका नेपाली विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

अहिले उनलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । आइडियल कलेजमा अध्ययनरत उनी बिदामा नेपाल आएर दुई साताअघि मात्र अस्ट्रेलिया फर्किएका थिए । रुघाखोकीको समस्या देखिएपछि उनले शुक्रबार रोयल होर्बाट अस्पतालमा जाँच गराउँदा कोरोनाको पुष्टि भएको हो ।

अस्ट्रेलियाको स्वास्थ्य विभागले उनको परिचय भने सार्वजनिक गरको छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved