२ प्रतिशत ब्याज छुट नपाएकोमा औषधि थोक व्यवसायिको असन्तुष्टि, 'राष्ट्र बैंक बेखबर हुनु दुखद'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2020 | 11:56:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल औषधि थोक व्यवसायि संघ केन्द्रीय समितिले नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित ब्यवसायीलाई ल्याएको राहत प्याकेजप्रति असन्तुष्टि जनाएको छ। कोरोना प्रभावित व्यवसायीलाई २ प्रतिशत ब्याज छुट दिने लगायतका राहत प्याकेजमा आफुहरुलाई समावेश नगरिएको भन्दै संघले असन्तुष्टि जनाएको हो। 

लकडाउन जस्तो विषम परिस्तिथिमा पनि काम गर्ने औषधि र औषधि जन्य सामाग्रीको कारोवारसंग सम्बन्धित व्यवसायीलाई राहत प्याकेजमा समावेश नगरिनु दुखद भएको संघका केन्द्रिय अध्यक्ष शिवराज बास्कोटाले जनाएका छन्। 

'हामी  तमाम  औषधि व्यवसायी  कुनै न कुनै  बैकका  ऋणि  रहेको र विषम अवस्थाबाट पूर्णरुपमा  प्रताडित रहेको अवस्थाप्रति  केन्द्रीय बैक  बेखवर रहनु आफैमा शुभ संकेत मान्न सकिन्न' संघद्वारा जारि बिज्ञप्तीमा उल्लेख छ। 

अन्य व्यवसायीहरुलाई दिइएको राहत प्याकेज औषधि र औषधि जन्य सामाग्रीको कारोवारसंग सम्बन्धित व्यवसायीलाई नदिँदा औषधि व्यवसायीको आत्माबल  र उर्जामा नैराश्यता पैदा गर्ने संघको दाबि छ। यस्तै विभेदकारी निर्णय हुँदै गएमा भोलीका दिनमा  व्यवसायीले व्यवसाय बन्द गर्नु पर्ने अवस्था समेत सिर्जना हुने संघले चेतावनी दिएको छ। 

तीन महिनाको लागि २ प्रतिशत ब्याज छुट पाउने व्यवसायीहरुको सुचिमा औषधि र औषधि जन्य सामग्रीको कारोबार गर्ने व्यवसायीलाई पनि समेट्न संघले आग्रह समेत गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved