पञ्चकन्या स्टिलका नयाँ उत्पादन बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2020 | 07:34:29 PM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चकन्या स्टिलले उत्पादन ५५०एक्स्.डी. र ५०० एक्स्.डी. नयाँ फलामे छड सार्वजनिक गरेको छ ।

पञ्चकन्या प्राईम स्टिलमा शुद्घ रासायनिक तत्व सल्फर, फोस्फरस तथा न्यून कार्बनको प्र्रयोग भएको कम्पनीले जनाएको छ । जसले गर्दा यसमा उच्च लचकता, लम्बाईको आकारमा पनि एकरुपता र आकर्षक रिवारले युक्त रहेको जनाइएको छ । 

कम्पनीका अनुसार नयाँ रिब्ड डिजाइन भएको ५०० एक्स्.डी. र ५५० एक्स्.डी. प्रति युनिटको लम्बाईमा त्यसको पारदर्शीता स्पष्ट देखिने भएकाले यसलाई अझ बढी सुदृढ र बलियो बनाएको छ । यसले कन्क्रिटमा पनि सजिलै पकड गर्ने क्षमता राख्दछ । पञ्चकन्या ५०० एक्स्.डी. जुनसुकै विकासका पूर्वाधारका कामहरु र ५५० एक्स्.डी. का छडहरु ठुलाठुला आयोजना तथा अग्लाअग्ला निर्माणका लागि हुने दृढता साथ पैसाको पनि बचत हुने कम्पनीको भनाई छ । 

उच्च लचकता भएका रिबारहरु ८ मी.मी. र ४० मी.मी. साईजमा उपलब्ध गराउन सकिनेछ ।  एक्स्.डी. ग्रेडका उच्च गुणस्तर भएका बारहरुमा कम्पनीले कुनै पनि मूल्य वृद्घि गरेको छैन र ५०० डी ग्रेड पुरानै मुल्य अनुसार नै उपलब्ध गराइने जानकारी कम्पनीले दिएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved