बैंकबाट ऋण लिने प्रक्रिया सहज बनाउन उद्यमी महिलाको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 07:38:26 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड–१९ को कारण बैंकको ऋण तिर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको महिला उद्यमीले गुनासो गरेका छन् । महिला उद्यमी महासंघले आयोजना गरेको अनलाइन प्रेस बैठकमा उनीहरुले कोरोनापछि व्यापार गर्ने महिलाका लागि ऋण दिने भने पनि त्यसको लागि प्रपोजल लगायतका कुरामा सामान्य उद्यमीको पहु“च नहुने भएकाले झन्झटिलो प्रक्रियालाई सरल बनाउनुपर्ने बताए । 

महासंघकी अध्यक्ष रिता सिंहले ऋण लिने वातावरण सहज भए महिलालाई व्यवसायमा टिक्न सजिलो हुने बताईन् । द्वितीय उपाध्यक्ष शोभा ज्ञवालीले सञ्चारमार्फत सकारात्मक सन्देश फैलाएर आशाको संभावना खोज्नुपर्ने बताइन् ।

उपत्यकामा १ सय २५ उद्यमी रहेको महासंघको ५० वटा जिल्ला शाखा छन् । अहिले गाउ“मा बजारीकरणको समस्या भएकोले अनलाइन बजारीकरणमा तालिम दिएको संस्थाकी कार्यकारी निर्देशक अनामिका सिंह भण्डारी बताउँछिन् । महामारीको समयमा पनि कसरी काम गर्न सकिन्छ र कसरी उद्यमी महिला बनाउने भन्नेमा आफुहरु लागेको प्रथम उपाध्यक्ष निरु खत्रीले बताइन् ।  

उद्यमशीलता विकास कोष सरकारले बनाए पनि चाहेको जस्तो सजिलो नभएको कारण व्यवहारिकतामा ध्यान दिनुपर्नेमा संस्थाकी तृतीय उपाध्यक्ष दर्शना श्रेष्ठको सुझाव छ । कर्मचारीको रोजीरोटीको लागि पनि आफुहरुले जोखिम मोलेर कोरोनाको समयमा काम गरिरहेको चतुर्थ उपाध्यक्ष हजुरी विष्ट बताउँछिन् । 

महिलाले अझ कर्मचारीको संवेदना बुझेर कामबाट निकाल्न नसक्ने कारण महिलाले चलाएका व्यवसायलाई सबैले सहयोग गर्नुपर्ने उनीहरुको माग छ । संस्थाकी सचिव बसन्ती प्रधान, ‘हामीले त सकेका छैनौं ऋणको प्रक्रिया पु¥याउन अझ ग्रामिण महिलालाई समस्या भएको र यसलाई सजिलो बनाउन पर्छ’ भन्छिन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved