बङ्गलादेशमा रोहिङ्ग्या शरणार्थीलाई मोबाइल बोक्न प्रतिबन्ध

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 24, 2017 | 02:45:19 PM मा प्रकाशित

laxmi  sunrise bank

बङ्गलादेशले म्यानमारबाट आफ्नो मुलुक प्रवेश गरेका रोहिन्ग्याहरुलाई मोवाईल फोनको सेवा नदिन त्यहाँका दुरसंचार सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ। 

बंगलादेसका चार मोबाइल सेवा प्रदायक कम्पनीहरुले बंगलादेशमा शरण लिएका रोहिन्ग्याहरुलाई सिम कार्ड दिएर मोवाइल फोनको सेवा दिएमा उनीहरुलाई कारबाही गरिने बंगलादेश सरकारले बताएको 'द हिन्दु'ले लेखेको छ। 

सुरक्षा संबेदनशीलतालाई मध्यनजर गर्दै केहि समयका लागि रोहिङ्ग्या शरणार्थीले कुनै सिमकार्ड किन्न नपाउने व्यवस्था गरिएको त्यहाँका सञ्चारमन्त्रालयका उच्च अधिकारी इनायत हुसेनले बताएको जनाइएको छ।   

बंगलादेशले यस अघि पनि परिचय नखुल्ने आफ्नै नागरिकहरुलाई मोवाईल फोन सेवा लिन प्रतिबन्ध लगाएको थियो। रोहिङ्ग्या शरणार्थीको सुरक्षाका लागि मानवीय समवेदनाका आधारमा आफ्नो भूमि उनीहरूलाई प्रयोग गर्न दिएपनि राज्यको सुरक्षाका लागि कुनै सम्झौता नहुने भएकाले उनीहरुलाई तत्कालका लागि मोबाइल सेवा दिन नसकिएको हुसेनले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved