१९ बर्षपछि भारतीय कंग्रेसमा नयाँ नेतृत्त्व, सोनियापुत्र राहुल अध्यक्षमा निर्वाचित

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 11, 2017 | 05:58:39 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय राष्ट्रिय कग्रेसले १९ बर्षपछि नयाँ नेतृत्त्व पाएको छ। कग्रेस आईले सोनिया गान्धीका छोरा राहुल गान्धीलाई नयाँ अध्यक्ष चयन गरेको हो। सोनिया सन् १९९८ देखि कंग्रेसको नेतृत्व सम्हालेकी थिइन्।

४७ वर्षिय राहुलले आफ्नी आमा सोनिया गान्धीको नेतृत्वलाई प्रतिस्थापन गरेका हुन्। कंग्रेस नेतृत्वका लागि राहुल एक्लैको उम्मेदवारी परेपछि उनी पार्टी अध्यक्षमा निर्विरोध भएका हुन। राहुलले १६ डिसेम्बरमा दिल्लीस्थित पार्टीको मुख्यालयमा अध्यक्ष पदको सपथ लिनेछन्।

राहुल विगत ५ वर्षदेखि पार्टीको उपाध्यक्ष रहँदै आएका थिए। १३१ वर्ष लामो विरासत बोकेको कंग्रेसको शीर्ष नेतृत्व लिने राहुल गान्धी-नेहरू परिवारका छैठौं सदस्य हुन्। 

झण्डै दुई दशक देखि पार्टीको नेतृत्व गर्दै आउनु भएकी ७१ बर्षीय सोनीया गान्धीले राहुललाई अध्यक्षको पद हस्तान्तरण गरेकी हुन। राहुलका पिता राजीव गान्धी, उनका पिता फिरोज गान्धी र फिरोजका पिता जवाहरलाल नेहरुले भारतको प्रधानमन्त्री भएका थिए। 

राहुलसंग कंग्रेसको पुरानोको साख फर्काउनु पर्ने चुनौती रहेको छ।भारतीय जनता पार्टीको उदयसँगै चुनौतिपूर्ण समयमा कन्ग्रेसले राहुललाई पार्टी अध्यक्ष चुनेको हो।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved