महँगा रेष्टुराँ, बार भएको महलमा मध्यरातमा आगलागी, १४ जनाको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2017 | 08:58:44 AM मा प्रकाशित

laxmi  sunrise bank

मुम्बईको लोअर परेल क्षेत्रमा शुक्रवार सखारै एउटा भवनमा भएको आगलागीमा कम्तीमा १४ जनाको ज्यान गएको छ। लोकप्रिय कमला मिल्स रेष्टुराँ र किनमेल केन्द्र रहेको भवनमा मध्यरात १२ बजेपछि आगलागी शुरु भएको थियो। त्यसको आधा घण्टापछि आगो फैलिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ६ जनालाई अस्पताल भर्ना गरिएको मुम्बईको विपद् व्यवस्थापन महाशाखाले बीबीसीलाई बताएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार वान अबोभ रुफटप रेष्टुराँबाट आगलागी शुरु भएको थियो। टाइम्स अफ इण्डियाका अनुसार कतिपय आगन्तुकले शौचालयमा शरण लिन खोजेका थिए र त्यहीं थुनिन पुगेका थिए। मृत्यु हुनेमा अधिकांश रमाइलो गर्न भेला भएका महिला छन्। २८ औं जन्मदिन मनाइरहेकी एक महिलाको पनि मृत्यु भएको उनका हजुरबुबाले समाचार संस्था रोयटर्सलाई बताए। कमला मिल्स पुनर्निर्माण गरिएको औद्योगिक हाता हो जहाँ थुप्रै महँगा रेष्टुराँ, बार तथा कार्यालयहरु छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved