टेरेसा मे बेलायतकी नयाँ प्रधानमन्त्रीमा नियुक्त, इतिहास कै दोस्रो महिला प्रधानमन्त्री

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 20, 2016 | 08:06:33 AM मा प्रकाशित

laxmi  sunrise bank

टेरेसा मे बेलायतकी नयाँ प्रधानमन्त्री नियुक्त भएकी छिन् । महारानी एलिज़ाबेथले कन्जरभेटिव पार्टीकी नेत्री मेलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । यस अघि प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायती संसद ‘हाउस अफ कमन्स’मा आफ्नो अन्तिम सम्बोधन गरेर बकिंगहम प्यालेसमा महारानी एलिजावेथ समक्ष राजनीमा गरेका थिए। जुन महारानीले स्वीकार गरेकी थिईन ।

सम्बोधनमा क्यामरुनले आफुले देशलाई ६ बर्षको अवस्था भन्दा मजबुत अवस्थामा छोडेको बताएका थिए । उनले सम्बोधनमा आफ्ना सहकर्मी, परिवार लगायत आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आफ्नो उत्तराधिकारीले मजबुत नेतृत्व दिने बताए ।

बेलायती इतिहासमा ‘आइरन लेडी’ उपनामले चर्चित मार्गरेट थ्याचरपछि दोस्रो महिला प्रधानमन्त्री भएर मेले इतिहास रचेकी छिन्। उनी क्यामरुनको सरकारमा गृह मन्त्री थिईन ।

हालै बेलायतमा भएको जनमत संग्रहमा बेलायतले युरोपियन युनियनबाट अलग हुने गरेसंगै क्यामरुनले राजिनामा दिने घोषणा गरेका थिए ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved