श्रीलंकामा अकस्मात प्रधानमन्त्री परिवर्तन, प्रमुख बिरोधिलाई नै प्रधानमन्त्रीमा नियुक्ति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 26, 2018 | 10:16:55 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलंकामा नाटकीय ढंगले अचानक प्रधानमन्त्री परिवर्तन गरिएको छ। पुर्वराष्ट्रपति महिन्दा राजापाक्षेले नाटकीय रुपमा प्रधानमन्त्रीमा फर्किएका हुन। श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरीसेनाको कार्यालयले प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई पदमुक्त गरी नयॉ प्रधानमन्त्रीमा पूर्वराष्ट्रपति राजापाक्षेलाई नियुक्त गरी सपथ ग्रहण गराइएको पुष्टि गरेको हो। 

राजपक्ष तिनै व्यक्ति हुन जसलाई वर्तमान राष्ट्रपति सिरीसेनालाई पछिल्लो राष्ट्रपति चुनावमा सिधा चुनौती दिएर हराएका थिए। आफ्नो बिरोधिलाई आफ्नो सरकारमा महत्त्वपूर्ण पद दिएर राष्ट्रपति सिरीसेनालाई सबैलाई हैरान बनाइदिएका छन।

यो नियुक्ति राष्ट्रपति सिरीसेनाको त्यो फैसला लगत्तै भएको हो जब उनको पार्टीले गठबन्धन सरकार छोड्ने घोषणा गरेको थियो। यो सरकार वर्तमान प्रधानमन्त्री बिक्रमासिंघेको युएनपी पार्टीसंग मिलेर बनेको हो।  

आर्थिक नीति र दैनिक प्रशासनिक कामलाई लिएर सिरिसेना र प्रधानमन्त्री बिक्रमासिंघेबीच मतभेद रहेको त्यहाँका संचार माध्यमले पटक पटक खबर लेखेका छन। बिक्रमासिंघेको युनाइटेड नेशनल पार्टी २०१५ देखि गठबन्धन सरकारको नेतृत्त्व गर्दै आएको पार्टी हो। यस अगाडी युएनपीले राष्ट्रपतिसंग प्रधानमन्त्री बिक्रमासिंघेलाई हटाउने कुनै अधिकार नभएको बताउदै आएको थियो। 

गठबन्धन सरकारमा मन्त्री रहेका युएनपीका मंगला समरविराले ट्विट गर्दै भनेका छन, 'राजपाक्षेलाई प्रधानमन्त्रीको रुपमा नियुक्ति गरिनु असम्बैधानिक र गैरकानुनी हो, यो लोकतन्त्र बिरोधि सत्तापलट हो'

राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद बिघटन गरिएको र महिन्दा राजापक्षे नयाँ प्रधानमन्त्री भएको घोषणा गरेको छ। पछिल्लो केहि सातादेखि श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीबीच सरकार चलाउने बिषय विवादीत बनेको थियो।  

भारतीय प्रधानमन्त्रीसंग फोनमा कुराकानी 

श्रीलंकाका राष्ट्रपतिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई श्रीलंकाका राम्रो साथि बताएका छन। राष्ट्रपति कार्यालयले श्रीलंकाका नयाँ प्रधानमन्त्रीले मोदीसंग कुराकानी गरेको दाबी गरेका छन। त्यसो त बिजेपी नेता तथा राज्यसभा सभासद सुब्रमण्यम स्वामीले महिन्दा राजापाक्षेलाई श्रीलंकाको नयाँ प्रधानमन्त्री बनेकोमा बधाई तथा शुभकामना दिएका छन।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved