श्रीलंकामा राजनीति संकट चुलियो, राजपाक्षद्धारा पार्टी परित्याग

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 12, 2018 | 05:29:47 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलंकाका नयाँ प्रधानमन्त्री महिन्दा राजपाक्षेले राष्ट्रपति मैत्रीपला सिरिसना नेतृत्वको पार्टी परित्याग गरेका छन् । राजापाक्षेसँगै ४४ राजनीतिज्ञले पनि सिरिसना नेतृत्वको मध्य–वामपन्थी श्रीलंका फ्रिडम पार्टी परित्याग गरे । सिरिसेनाले प्रधानमन्त्रीको रुपमा नियुक्त गरेको दुई हप्तापछि राजापाक्षेले उनकै पार्टी परित्याग गरेका हुन् । उनीहरु श्रीलंका पोदुजना पेरेमुना (एसएलपीपी) मा प्रवेश गरेका छन् । यो पार्टी सन् २०१६ मा राजपाक्षेका कान्छो भाई बसिल राजापाक्षेले स्थापना गरेका हुन् । बसिल पूर्वअर्थमन्त्री पनि हुन् । 

राष्ट्रपति सिरिसेनाले शुक्रबार संसद भंग गर्दै जनवरी ५ मा आम निर्वाचन आह्वान गरेका छन् । दुई हप्ताअघि सिरिसनोले रनिल विक्रमासिंघेलाई अचानक प्रधानमन्त्री पदबाट बर्खास्त गरेर पूर्वराष्ट्रपति समेत रहेका राजपाक्षेलाई प्रधानमन्त्री बनाएपछि श्रीलंकामा तीव्र राजनतिक संघर्ष शुरु भएको छ । 

राजपाक्षेले पार्टी परित्याग गरेसँगै उनले श्रीलंका फ्रिडम पार्टीसँगको आफ्नो पचास वर्षे लामो नाता तोडेका छन् । राजपाक्षेले परित्याग गरेको श्रीलंका फ्रिडम पार्टीका संस्थापकहरु मध्ये उनका पिता आल्विन राजपाक्षे पनि एक थिए । यो पार्टीको स्थापना सन् १९५१ मा भएको हो । राजपाक्षे विगत पाच दशकदेखि उक्त पार्टीसँग निकट थिए ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved