पक्राउ परेका भारतीय पाइलटका छोरालाई पाकिस्तानी सेनाको मन छुने पत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2019 | 12:13:16 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानले आफ्नो कब्जामा भएका भारतीय लडाकू विमानका चालकलाई आज फिर्ता गर्ने भएको छ। पकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदको बैठकमा बोल्दै पाकिस्तानी सेनाले हवाई कारबाहीपछि आफ्नो कब्जामा लिएका भारतीय लडाकु विमानका चालकलाई फिर्ता गरिने बताएका हुन।  

भारत र पाकिस्तानबीच बुधवार भएको हवाई आक्रमणमा भारतीय वायुसेनाका अभिनव वर्तमानलाई पाकिस्तानले समातेको थियो। भारतले उनलाई सुरक्षित रूपमा फिर्ता गर्न माग गरेको थियो।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानलको घोषणा लगत्तै पाकिस्तानी सेनाले भारतीय पाइलट अभिनन्दनका छोरालाई एक पत्र लेखेको छ। पत्रको साथमा अभिनन्दन, उनकी पत्नी र उनका छोराको पारिवारिक फोटोसहित ‘पाकिस्तानी आम्र्ड फोर्सेज’को फेसबुक पेजमा पोस्ट गरिएको छ ।  

पत्रमा लेखिएको छ, 'हाई सानो बन्नी! बधाई छ। तिमि छिट्टै आफ्नो बुवालाई अँगालो मार्न गैरहेका छौं। हामि उनलाई उपहारको रुपमा तिमिकहाँ पठाउदैछु भलै उनि (तिम्रो बुवा) तिमि जस्तै कयौंमाथि बम बर्साउन आएका थिए। 

बनि सुन! तिमीलाई एउटा अनुरोध छ, जब तिम्रो बुवा भावुक बनेर तिमीलाई अंकमाल गर्नेछन, कृपया मेरो तर्फबाट बुवालाई सोधिदिनु, सोध्नु, बुवा, के मजस्तै काश्मिरी बालबालिकाहरुलाई आफ्ना बुवासंग साथमा बाँचे अधिकारि छैन ? उनीसंग सोध्नु, 'यदि उनीहरुले तपाइँलाई हिंस्रक भीडको बीचमा छोडिदिएको भए ? उनीसँग सोध्नू – युद्ध र घृणाको मूल्य के हुन्छ ? उनीसँग सोध्नू – के शक्तिशाली हुन्छ ? घृणा कि माया ? उनीसँग सोध्नू – जीवन र मृत्युमा के सुन्दर हुन्छ ? म यी प्रश्नहरुको जवाफको प्रतिक्षामा हुनेछु । खुसी रहनु लिटिल बन्नी । म चाहन्छु एक दिन तिमी आफ्ना पितमसँग हामीकहाँ आउ । हातमा बम र मिसाइल होइन फूल लिएर आउ । अनि अझै अर्को कुरा, म वाचा गर्छु कि हामी कसैलाई पनि तिम्रो मुस्कान खोस्न दिने छैनौं र विनाशको लागि हाम्रो जमिन प्रयोग हुन दिने छैनौं। आफ्ना पितासँग खुसी रहनू । 

मानवता प्रेमी!

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved