ट्रंपको प्रस्ताव अस्विकार गर्दै मेक्सिको राष्ट्रपतिद्वारा भ्रमण रद्द, विवाद उत्कर्षमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 27, 2017 | 10:20:55 AM मा प्रकाशित

laxmi  sunrise bank

मेक्सिकोका राष्ट्रपति एनरिके पेना निएटोले अमेरिका राष्ट्रपतिसंग तय भएको भेटघाट रद्द गरेका छन। अमेरिका र मेक्सिको सीमामा बन्ने पर्खालको पैसा मेक्सिकोले तिर्नुपर्ने ट्रंपको प्रस्ताब ठाडै अस्विकार गर्दै मेक्सिकोका राष्ट्रपति निएटोलेले ट्रंपसंगको तय भएको भेटघाट रद्द भएको ट्वीटर मार्फत सार्वजनिक गरेका छन। 

बिहिबार ट्रम्पले ट्वीट गर्दै मेक्सिकोले दुई देशको सीमामा बन्ने पर्खालको निर्माण खर्च तिर्न नमाने यो महिनाको अन्त्यमा हुने भनिएको मेक्सिकोका राष्ट्रपतिसँगको भेटघाट रद्द गर्ने चेतावनी दिएका थिए। 

ट्रंपको जवाफ दिदै मेक्सिकोका राष्ट्रपति निएटोले ट्वीट गर्दै भनेका छन 'आज बिहान हामीले व्ह्वाइट हाउसलाई आगामी मंगलबार तय भएको व्यवसायिक भेटघाट रद्द गरिएको खबर गरेका छौ।' उनले स्पेनिस भाषामा ट्वीट गर्दै यस्तो जानकारी गराएका हुन। 

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति पद सम्हालेको एक हप्ता पनि नपुग्दै एक पछि अर्को निर्णय गरेका छन। जसमा अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल निर्माण गर्नु पर्ने प्रस्ताब विवादास्पद बनेको छ। 

ट्रंपको यस्तो विवादास्पद निर्णयको बिरोध गर्दै मेक्सिकोका नागरिकले तिब्र दबाब दिएपछि मेक्सिकोका राष्ट्रपतिले तय भईसकेको भेटघाट रद्द गरेको जनाइएको छ। 

मेक्सिकोका परराष्ट्र मन्त्री वाशिंगटन भ्रमणमा रहँदै गर्दा ट्रंपबाट आएको यस्तो घोषणाबाट आक्रोशित मेक्सिकन जनताको चर्को दबाबका कारण राष्ट्रपति निएटोले भेटघाट रद्द गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन।  


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved