ट्रम्पको निशानामा नपरेका 'विश्वका शक्तिशाली ७ मुश्लिम राष्ट्र'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 08, 2017 | 07:34:07 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति डोनल्ड ट्रम्पले सात मुश्लिम बाहुल्यता भएको देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएपछि यस्ले आम मानिसहरुमा भ्रम श्रीजना गरेको छ। विश्वका ७ मुस्लिम बाहुल्यता भएका देशका नागरिकलाई अमेरका प्रवेशमा रोक लगाउने निर्णय गरेका ट्रंपले अन्य मुस्लिम बाहुल्य देशहरुका नागरिकहरुलाई किन प्रतिबन्ध लगाएनन ? हो, अहिले सर्वसाधारणमा यहि प्रश्न उब्जिएको छ।  

रियल स्टेट व्यवसायमा अव्यस्त अमेरिकाका ४५ औ राष्ट्रपति ट्रंपले जुन मुश्लिम देशमा अमेरिकाको व्यवसायिक सम्बन्ध बलियो छ, ती देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका छैनन। 

प्रभावित देशका भिसाधारीहरुलाई अमेरिका पुनः प्रवेशमा संघर्ष गर्नुपरिरहेको छ । अमेरिका प्रवेशका लागि आफूसँग सिमित विकल्प भएको ती देशका नागरिकले आशंका जताउन थालेका छन् ।

यद्यपी, गुगल, एप्पल, फेसबुकजस्ता कम्पनीले पनि यो आदेशमाथि कानूनी चुनौती दिएपनि अमेरिकाको अदालतले भने ट्रंपको निर्णयलाई सहि ठहर गरेको छ। 

ट्रम्प प्रशासनको कार्यकारी आदेश अनुसार इराक, सिरिया, इरान, लिबिया, सोमालिया, सूडान र यमनबाट कुनै पनि व्यक्ति ९० दिनका लागि अमेरिका प्रवेश गर्न पाउने छैनन् । यसै आदेशमार्फत अमेरिकी शरणार्थी प्रवेश कार्यक्रमलाई १२० दिनका लागि निलम्बित गरिएको थियो ।

आप्रवासी प्रतिबन्धको रोचक तथ्य यो छ कि सात देशमध्ये एउटा मात्र देश यस्तो छ जसलाई प्रतिबन्ध गरेपछि अमेरिकालाई केही असर पर्नसक्छ ।त्यो हो, अमेरिकासँग बलियो ब्यापारिक सम्बन्ध भएको इराक । अमेरिका जुन देशबाट तेल आयात गर्छ त्यसमध्ये इराक प्रमुख हो ।

अमेरिकी विभाग यूएस सेन्सस ब्यूरोका अनुसार संसारभरी यस्ता लगभग ४७ देश छन् जोसँग अमेरिकाको व्यवसायिक सम्बन्ध छ र सन् २०१५ मा यी देशसँग करिब २२० अर्ब डलरको कारोबार भयो ।

ब्यूरोका अनुसार सन् २०१६ को नोभेम्बरसम्म यी देशसँग यो कारोबार करिब १९५ अर्ब डलरसम्म पुगेको थियो । ब्यूरोको रेकर्ड अनुसार ट्रम्पले जुन मुस्लिम देशलाई प्रतिबन्धको सूचीमा राखेको छ त्यसमा इराक छोडेर अरु देश अमेरिकी व्यापारमा सक्रिय छैनन् ।

जुन मुश्लिम बाहुल्यता भएको देशको अमेरिकासँग व्यवसायिक सम्बन्ध बलियो छ, ती देश प्रतिबन्धको सूचीमा छैनन् ।

१. साउदी अरबः

अमेरिकासंग बलियो कारोबारी सम्बन्ध भएको मुश्लिम देशमा सबैभन्दा शीर्ष स्थानमा साउदी अरब पर्दछ।साउदी अरबले अमेरिकामा बनेको कार, औद्योगिक मेशिन, निर्माण उपकरण, हवाई विमान, रक्षा उपकरण, इलेक्टोनिक्स र औषधीको भारी मात्रामा आयात गर्दछ।

यूएस सेन्सस ब्यूरोको रेकर्ड अनुसार सन् २०१६ को ११ महिनामा साउदी अरबलाई अमेरिकाले ३१ अर्ब डलरको निर्यात गरेको छ ।साथै, अमेरिकाको थुप्रै कम्पनीले आफ्नो उप कम्पनीमार्फत साउदी अरबमा अरबौं डलरको लगानी गरेको छ जसमा जनरल इलेक्ट्रिकले मात्र १०० करोड डलर लगानी गरेको छ ।

अचम्मको कुरा के छ भने अमेरिकाको ९-११ को हमलाको अभियुक्तमध्ये धेरैजसो  साउदी अरबसँग जोडिएका थिए ।

२. मलेसियाः

अमेरिकासंगको दोस्रो ठुलो व्यवसायिक साझेदार मुलुकमा मलेसिया दोस्रो स्थानमा पर्दछ। मलेसियासंग अमेरिकाको वार्षीक करिब २३ अर्ब डलरको कारोबार हुने गर्दछ ।

यति मात्र होइन, डाओ केमिकल, मर्फी ओयल, कोनको फिलिप्स र एक्सन मोबिलजस्ता कम्पनीले मलेसियामा करोडौं डलरको कारोबार गरेको छ ।

३. संयुक्त अरब इमिरेट्सः
अमेरिकाको लागि तेस्रो व्यवसायिक मुलुकमा दुवई पर्दछ। यूएन सेन्ससको रेकर्ड अनुसार सन् २०१६ मा नोभेम्बरसम्म अमेरिकाको इमिरेट्ससँग २३ अर्ब डलरको व्यापार भएको थियो ।

थुप्रै अमेरिकी कम्पनीले संयुक्त अरब इमिरेट्समा काम गरिरहेको छ । बोइंगजस्तो थुप्रै अमेरिकी कम्पनीको मध्यपूर्वको मुख्यालय दुबईमा रहेको  छ ।

४. इन्डोनेसियाः
इन्डोनेसिया मुस्लिम बाहुल्य भएको पहिलो ठुलो राष्ट्र हो। यूएन सेन्ससको आँकडा अनुसार सन् २०१६ मा नोभेम्बरसम्म द्वीपक्षीय व्यापारको आँकडा २३ अर्ब डलरसम्म पुगेको थियो ।

इन्डोनेसियाको सरकारी आँकडा अनुसार अमेरिकाबाट आयातभन्दा निर्यात अत्यधिक छ ।सन् २०१३ मा जहाँ इन्डोनेसियाले अमेरिकालाई १५ अर्बभन्दा बढिको सामान निर्यात गर्यो त्यस्तै आयातको आँकडा करिब ९ अर्ब डलर रह्यो ।

५. टर्कीः
टर्कीको व्यापार इकाई टस्कनका अनुसार टर्कीमा १२ सय भन्दा धेरै कम्पनीका कार्यालय छन्। यति मात्र नभई द्वीपक्षीय व्यापार  पनि लगातार बढिरहेको छ ।

टस्कनका अनुसार सन् २०१२ मा व्यापारको यो आँकडा २१ अर्ब डलरको थियो, त्यस्तै यूएस सेन्ससका अनुसार सन् २०१६ को ११ महिनामा द्वीपक्षीय व्यापार यो आँकडालाई पछाडि छोडिदिएको छ ।

६. इजिप्टः
इजिप्टसँग पनि अमेरिकाको व्यापारिक सम्बन्ध राम्रो छ। सन् २०१६ को मार्चमा इजिप्टको राजधानी काहिरामा भएको सम्मेलनमा ५३ कम्पनीले इजिप्टमा लगानी गर्न रुची देखाएका थिए ।

७. कुवेतः
कुवेतमा अमेरिकी टेक्नोलोजी, सेवा र उत्पादनको पनि भारी माग छ ।

यहाँ याद गर्नुपर्ने कुरा के छ भने ९० को दशकमा कुवेतमा सद्दाम हुसेनको हमलापछि अमेरिकाले नै कुवेतलाई मद्दत गरेका थिए ।त्यसपछि कुवेतमा ठूलो संख्यामा अमेरिकी कम्पनी काम गरिरहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved