ब्राजिलको लागि कस्तो रह्यो ओलम्पिक ? (हेर्नुस समापनको फोटोफिचर)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 22, 2016 | 07:07:46 PM मा प्रकाशित

laxmi  sunrise bank

यदी खेलको नजरबाट हेर्ने हो भने रियो २०१६ लाई सफल ओलम्पिक मान्न सकिन्छ तर आयोजक ब्राजिलका कती मानिसहरु रियो ओलम्पिकसंग आफुलाई जोड्न सके, आयोजकको हिस्सा मान्न सके, यसको निर्णय गर्न भने गाह्रो नै हुने छ। 

साचो भन्ने हो भने दुई बर्षमा यो दोस्रो अवसर हो जब ब्राजिलले एक महत्त्वपूर्ण अन्तराष्ट्रिय खेल मन्चमा देशको सफल प्रतिनिधित्व गरेको छ। रियोमा स्थानीय रुपमा प्रचलित खेल फुटबल र भलिबलको प्रतिस्पर्धा धेरै देख्न सकिन्छ। यसको साथै ती खेलहरुपनि हेरिदै छन् जुन बिना टिकट हेर्न सकिन्छ। टिकट बिना उपस्थित हुन सकिने यस्तो खेलहरुमा दर्शकको भिड बाक्लो रहेको छ।  

तर केहि यस्ता कारण पनि छन जसले गर्दा केहि मानिसहरुलाई ओलम्पिकका खेलहरुबाट टाढा धेरै टाढा राखेको छ। रियो ओलम्पीकमा खेलाइएका अधिकांस खेलहरुको स्थान मानिसहरुको बस्तीहरु भन्दा टाढा रोजिएका थिए। खेल स्थान टाढा भएकै कारण स्थानीयहरुलाई सहभागिता जनाउन गाह्रो भयो। 

ब्राजिलमा हकी, रग्बी या ब्याटमिन्डन जस्तो खेलहरु प्रचलनमा छैनन। त्यसैले पनि यी खेलहरुमा स्थानीयहरुले त्यती चासो दिएनन। स्थानीयले केहि खेलहरुको टिकट मूल्य अत्यधिक महँगो भएको भन्दै चर्को आलोचना समेत गरे। सबै भन्दा लोकप्रिय इभेन्टको टिकट मूल्य ९ सय रियाल अर्थात डलर २ सय ८० (नेपाली झन्डै ३० हजार रुपैयाँ) मा बिक्रि भएको थियो। तो टिकट दर ब्राजिलमा एक व्यक्तिको मासिक कमाई भएको भन्दै स्थानीयले चर्को टिकट दरको बिरोध समेत गरे। 

दोस्रो तर्फ, रियो ओलम्पिक हेर्न आएका दर्शकहरुले ब्राजिलमा धेरै थरीका झमेलाहरु बेहोर्न परेको बताएका छन। ग्वानाबारा खाडीमा नौकियान को प्रतियोगिता भयो। यहाँ पिउने पानी देखि जीका भाइरससम्मको समस्या रह्यो। त्यसैले पनि यहाँ आउने पाहुनाहरुसंग स्थानीय समेत दुखि भए। 

खाडीमा भएको नौकियान प्रातियोगीताका केहि खेलाडीले प्लास्टिक ब्याग र फोहोरो भएकोमा आलोचना समेत गरे। यसै कारण खेलाडीले सो खेल अन्तर्गत समस्या समेत भोग्नु पर्यो। कति सम्म भने बेल्जियमका कोच विल वान ब्लादेनले त आफ्ना खेलाडी एबी वान एक्केलले मेडल नजित्नुको कारण खराब पानी भएको बताए। उनको स्वास्थ्यमा समस्या आउनुको कारण खाडीमा भएको फोहोरो भएको उनले भनेका थिए।  

तेस्रो, रियोमा शान्ति कायमका लागी र लुटपाटको घटनाबाट पाहुनाहरुलाई बचाउनका लागी सडकमा झन्डै ८५ हजार सैन्य दस्ता उतारिएको थियो। ति सैन्य दस्ता बिशेष गरी पर्यटक स्थल र खेल स्थानमा फैलिएका थिए। 

यता ओलम्पिक समितिका कम्युनिकेशन डाइरेक्टर मार्क एडम्सले रियो ओलम्पिक आयोजना गर्ने निर्णयमा आफुहरुलाई कुनै पश्चाताप नभएको बताएका छन। 

ओलम्पिक आयोजनाका पछिल्ला दुई हप्ता ब्राजिलका मानिसहरुले ठुला ठुला समस्या बिर्सिएको आभास भएको छ। उनीहरुलाई यति सम्म चिन्ता छैन कि आउने महिनामा हुन लागेको पाराओलम्पिकका लागी देशमा पैसाको कमि छ। त्यस्तै ब्राजिलले अब केहि समयसम्म विश्व स्तरीय आयोजना गर्न बन्चित हुनु पर्ने छ। 

यस पटक ओलम्पिकमा सय भन्दा पनि बढी बिश्व र ओलम्पिक रेकर्ड तोडिएका छन। आशा छ,आन्तरिक समस्या र जीका भाइरसका कारण ब्राजिलका नागरिकहरुको हौशला टुट्ने छैन।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved