ग्रिन लाइफको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2019 | 08:24:24 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्रिन लाइफ इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीयको लागि निष्काशन गरेको आईपिओमा आवेदन दिने आज फागुन २७ गते अन्तिम दिन रहेको छ । कम्पनीले २२ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयलाई  १८ करोड बराबरको १८ लाख कित्ता शेयर निष्काशन गरेको हो  । 

लगानीकर्ताले न्यूनतंम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । आवेदन दिनको लागि ग्रिन लाइफको आयोजना स्थलको कार्यालय, सेन्चुरी बैंकको सिंगटी र चरिकोट शाखा, र प्राइम कमर्शियल बैंकको जिरी र बैतेश्वर शाखा केन्द्र तोकिएका छन् । 

कम्पनीले ग्रेड ४ को रेटिंग पाएको छ । यसले कम्पनीको आधारपुत पक्ष औसत भन्दा तल रहेको बुझाउछ । 

हेर्नुस क-कसले भर्न पाउछ ।


कम्पनीले दोलखा जिल्लाको साविकको मार्बु गाविसमा ४० मेगावाटको खानी खोला १ आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved