त्रिशुली जलविद्युतको आईपिओ भर्नेलाई ८ प्रतिशत ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2019 | 12:36:15 PM मा प्रकाशित

laxmi  sunrise bank

 ‘जनताको जलविद्युत आयोजना’ अन्तर्गतको पहिलो आईपिओ त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गर्ने भएको छ । कम्पनीले चैत्र ७ गतेदेखि शेयर निष्काशन गर्ने भएको हो  । 

कम्पनीले जारी पूँजी दुई अर्ब ४७ करोड को १५ प्रतिशत अर्थात ३७ करोड पाँच लाख बराबरको १०० अङ्कित दरको ३७ लाख पाँच हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । जस मध्ये ३ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी ३५ लाख ९३ हजार कित्ता सेयरमा  सर्वसाधारणकाले आवेदन दिन सक्ने छन् । 

 जनताको जलविद्युत् कार्यक्रमका लागि तय गरिएको प्रावधानअनुसार जलविद्युत् आयोजनाको इक्विटी (स्वपूँजी) मध्ये ४९ प्रतिशत जनतालाई दिने तथा त्यसमध्ये १० प्रतिशत पहिलो चरणमा जनतासँग शेयर आह्वान गर्ने व्यवस्था भए पनि कम्पनीको प्रबन्धपत्रमा भएको व्यवस्थाअनुसार १५ प्रतिशत शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो। 

 लगानीकर्ताले आवेदन दिंदा न्युनतम एक सय कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । तर हाललाई कम्पनीले प्रति शेयर १० रुपियाँको दरले अग्रिम रकम मात्र माग गरेको हो । यस हिसाबमा हालको लागि लगानीकर्ताले एक हजार मै सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । बाँकि ९० रुपियाँ रकम कम्पनीले पछि माग गर्ने छ । अर्थात आयोजनाको भौतिक प्रगति ५० प्रतिशत पुरा भएपछि बाँकि ९० प्रतिशत रकम दिनु पर्ने छ ।  यस आईपिओमा पहिलो शेयर आफुले हाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरि सकेका छन्  । 

उदाहरणको लागि लगानीकर्ताले एक सय कित्ताको लागि आवेदन दिन चाहन्छ । त्यसको लागि प्रति कित्ता एक सयका दरले दश हजार रकम आवश्यक पर्थ्यो । तर हालको लागि कम्पनीले १० प्रतिशत अग्रम रकम मात्र माग गरेको हो ।  यस हिसाबमा लगानीकर्ताले १० हजारको १० प्रतिशत अर्थात १ हजार मात्र तिरे हुन्छ । बाँकि रकम कम्पनीले अबको ९ देखि १० महिना भित्रको अवधिमा माग गर्ने लक्ष्य लिएको छ। 

कम्पनीको आईपिओमा छिटोमा चैत १२ गतेसम्म र सो समयसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा वैशाख ६ गतेसम्म आवेदन दिन सकिने छ । अहिले १० प्रतिशत रकम मात्र भुक्तान हुने भएकोले यो बाँकि ९० प्रतिशत भुक्तान नहुँदासम्म यो शेयर नेप्सेमा कारोबार योग्य हुदैन । हाल निष्काशन हुने शेयर बाँडफांड भएपछि ९० प्रतिशत रकम माग नहुँदासम्म लगानीकर्ताले आईपिओ भरेको रकम कम्पनीले राख्ने छ । शेयर कारोबार नभएसम्म कम्पनीले अहिले आईपिओ भर्न प्रयोग भएको रकममा बार्षिक ८ प्रतिशतको दरले  ब्याज उपलब्ध गराउने छ । उदाहरणको लागि १० हजार कित्ताको लागि आवेदन दिनेले अहिले १ लाख मात्र रकम दिए पुग्छ । शेयर नेप्सेमा कारोबार योग्य नभएसम्म उसले त्यस १ लाखमा बार्षिक ८ प्रतिशतका दरले ब्याज पाउने छ । जनताको जलविद्युत कार्यक्रमको कार्यविधि मै यस सम्बन्धि ब्यबस्था उल्लेख गरिएको छ । 

अहिले कम्पनीको शेयर खरिद गर्नेहरुले कम्पनीको दोस्रो चरणको आईपिओ निष्काशन हुँदा आवेदन दिन पाउने छन् । यदि आवेदन दिएको खण्डमा सो स्वत रद्द हुनेछ । कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित क्षेत्र रसुवा र नुवाकोटका स्थानीयलाई, सोहि जिल्लाका स्थानीय तहहरुलाई, सोहि जिल्लाका स्थानीयवासीहरुले स्थापना गरेका कम्पनीलाई, नेपाल बिद्युत प्राधिकरण र नेपाल टेलिकमका कर्मचारीलाई शेयर निष्काशन गर्ने छ । 

कम्पनीले ३७ मेगावाटको माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । विसं २०७२ जेठ २४ मा विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको उक्त आयोजनाले विसं २०७४ भदौ ६ मा विद्युत् खरीदबिक्री सम्झौता (पिपिए) र २०७५ भदौ ४ मा ऋण सम्झौता (सिएफए) गरेको थियो । आयोजनाले हालसम्म साइट आवास, कार्यालय भवन, जग्गा अधिग्रहण, टेस्ट अडिट टनेल, पहुँच मार्गसम्मको अधिन, वन क्षेत्रको प्रयोग र रुख कटानलगायतका कार्य सम्पन्न गरिसकेको छ । उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म पु¥याउन उत्पादनगृहदेखि थ्री ‘बी’ हबसम्म जडानका लागि लैजान आवश्यक पर्ने तीन किमी दूरीको १३२ केभी प्रसारण लाइन निर्माणकार्य हाल जारी रहेको छ । 

समग्रमा आयोजनाको भौतिक प्रगति २९ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत छ । आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी सिचुवान एन्हे हाइड्रोलिक तथा हाइड्रोइलेक्ट्रिक इञ्जिनीयरिङ कम्पनीमार्फत भइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved