रिलायन्स लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले शुक्रबार दिउँसो शेयर बाँडफाँड गरेको हो ।
आईपिओमा ५ लाख ८९ हजार ४ सय ६४ जनाले आवेदन दिएका थिए । जसमध्ये १९ सय ५५ जनाको आवेदन रद्द भएको बिक्रि प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । बाँकि रहेका ५ लाख ८७ हजार ५ सय ९ जनालाई गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जस मध्ये ५ लाख ६७ हजारले १० कित्ता शेयर पाएका छन् भने २० हजार ५ सय ९ जना हात खाली भएका छन् । कम्पनीको आईपिओमा माग भन्दा ४.०४ गुणा बढी आवेदन परेको थियो ।
आईपिओको नतिजा बिजपाटी डटकममा प्रकाशित भएको छ । नतिजा हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULTS भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा 'Reliance Life Insurance' छनौट गरी आफ्नो डिम्याट नम्बर राखेर आफुलाई कति शेयर परेको हेर्न सकिने छ । शेयर परेको भए आफुलाई परेको शेयर कित्ता देखाउने छ भने शेयर नपरेको भए 'Sorry you have not been alloted' भन्ने संदेश देखाउने छ ।
यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिन्छ ।
हेर्नुस् बाँडफाँडका भिडियो :