‘लाइफ ड्यामेज’ पार्ने १५ हाउभाउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 17, 2016 | 02:29:26 PM मा प्रकाशित

laxmi  sunrise bank

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण एउटा फोटोका कारण आलोचित बनिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंगको भेटमा प्रधानमन्त्री दाहालकी पत्नी सिता दाहालको 'बडी ल्याङ्ग्वेज' यति बेला सडकदेखि सामाजिक संजालसम्म तिब्र बहस र आलोचना भैरहेको छ । दाहालले हात बाँधेर बसेको फोटो अहिले सामाजिक संजालहरुमा भाइरल बनिरहेको छ । हिड्दा, बस्दा र अरुसंग कुरा गरिरहदा समेत हात बाँधेर बसेपछि अन्तर्राष्ट्रिय मिडियासामु नेपालको बेइजत गरेको भन्दै बिरोध भैरहेको छ ।

व्यक्तित्व विकासमा हाउभाउ अर्थात बडी ल्याङ्ग्वेजको ठूलो महत्व हुन्छ । व्यक्तिले जति नै राम्रो बोलोस्, उसको व्यवहार जति नै उत्कृष्ट होस्, तर हाउभाउ र बडी ल्याङ्ग्वेजमा खोट छ भने ऊ प्रति नकारात्मक प्रभाव नै बढी पर्छ । हामी जे बोलिरहेका हुन्छौं, हाम्रो बडी ल्याङ्वेज र हाउभाउले पनि त्यही व्यक्त गर्नुपर्छ । तपाईंले मुखबाट जति नै राम्रो कुरा किन व्यक्त नगर्नुस्, त्यसमा आँखा र तपाईंको हाउभाउले साथ दिएन भने त्यो मेल खादैन र राम्रो हुँदैन ।

एकलकाटे प्रवृति 

तपाईं धेरै राम्रो काम गर्नुहुन्छ, तर अन्य सहकर्मीहरुको वास्ता गर्नुहुन्न, एकलकाटे बन्नुहुन्छ भने यसलाई पनि राम्रो मानिन्न । त्यसैले आफूलाई ग्रुपमा सामेल गर्नुस् । उनीहरुको कुरा पनि सुनिदिनुस्, आफ्नो पनि सुनाउनुस् । जसले एकअर्काबीच सम्बन्ध सुमधुर बनाइराख्न मद्दत गर्छ । जुन सम्बन्ध तपाईंलाई जिन्दगीभर काम लाग्नसक्छ ।

धेरै नजिक
कुराकानीका क्रममा धेरै नजिक पनि नजानुस् । अधिक निकटतालाई राम्रो मानिँदैन । त्यसैले आवश्यक दुरी कायम राख्नुस् ।

हातखुट्टा क्रस गरेर नबसौ 

कतिपयको हात बाँधेर बस्ने स्वभाव हुन्छ, भने कोही खुट्टा क्रस गरेर बस्छन् । तर, शारीरीक भाषाका विशेषज्ञहरु यसलाई विलकुल गलत मान्छन् । तपाईं हातखुट्टा बाँधेर कसैसँग कुरा गर्दै हुनुहुन्छ भने, तपाईं उसको कुरामा सिरियस हुनुहुन्न । केही कुरा लुकाइरहनुभएको छ भन्ने अर्थ लाग्छ ।

बेढंगी र भद्दा व्यवहार 
बेढंगी र भद्दा अन्दाजलाई अनादर मानिन्छ । यसले तपाईं आफ्नो अघि रहेको मानिसको कुरामा कुनै मतलव नै गरिरहनुभएको छैन भन्ने अर्थ लाग्छ । यस्तो व्यवहारले तपाईंलाई जिन्दगीभर बेरोजगार बनाउन सक्छ । कुनै पनि बोस ढंग नभएको र बेमतलवी मानिसलाई काममा राख्न चाहँदैन । त्यसैले कसैले केही भन्दैछ भने त्यसलाई धेर्यतापूर्वक सुन्नुस् र अन्तिममा मात्रै प्रतिक्रिया जनाउनुस् । साथै आफू जिम्मेवार रहेको आभास पनि दिलाउनुस् ।

अनुहारको हाउभाउमा नियन्त्रण 
तपाईं जे बोल्दै हुनुहुन्छ, त्यो कुरा तपाईंको अनुहारमा देखिनुपर्छ । दु:खको कुरा गर्दै हुनुहुन्छ भने अनुहार सिरियस हुनैपर्छ र खुसीमा एक्साइटेड पनि । अन्यथा तपाईंको कुरामा विश्वास नहुन सक्छ । त्यसैले फेसियल एक्सप्रेसनमा सधैँ ध्यान दिने गर्नुस् ।

बढई-चढाई गर्ने स्वभाव
साना-साना कुरालाई पनि बढाईचढाई गर्ने कतिपयको स्वभाव हुन्छ । साना कुरालाई पनि ठूलो बनाएर धाक लगाउने बानीले कसैलाई फाइदा गर्दैन । यसले तपाईंको छवीलाई खराबमात्रै पार्छ । तपाईंले गरेको सही कुरामा पनि मानिसले विश्वास गर्न छोड्छन् । त्यसैले कुनै पनि कुरामा बढाईचढाई गरेर प्रस्तुत हुन छाड्नुस्, अनि हत्केला देखाएर कुरा पनि कहिल्यै नगर्नुस् ।

खुसी रहनुस्, अनुहारमा ताजापन 
कुनै पनि काम गर्दा फ्रेस रहने कोशिस गर्नुस् । तपाईंले झुम्म परेर काम गरिराख्नु भएको छ भने कसैले तपाईंको काममा विश्वास गर्दैनन् । त्यसैले सधैँ खुसी रहनुस् र फ्रेस भएर काम गर्नुस् ।

कपाल तथा पोशाक पटक-पटक नमिलाउनुस्
कुराकानीका क्रममा कहिल्लै पनि आफ्नो कपाल वा पोशाकलाई बारम्बार मिलाउने काम नगर्नुस् । यसले तपाईं आफ्नै कुरामा मात्रै बढी ध्यान दिँदै हुनुहुन्छ, अरुको कुरामा कुनै मतलव नै छैन भन्ने अर्थ लाग्छ ।

आई-कन्ट्याक
आई कन्ट्याकलाई सबैभन्दा महत्वपूर्ण मानिन्छ । कुरा गर्दा आँखा नचाउनुभयो, कुरा गरिरहेको व्यक्तिको आँखामा आँखा जुधाउनु भएन भने तपाईंको विश्वसनीयतामा शंका उब्जिन्छ । आई-कन्ट्याकले तपाईंको आत्मविश्वासलाई पनि झल्काउँछ । त्यसैले आँखामा आँखा जुधाएर कुरा गर्ने बानी बसाल्नुस् ।

टाउको हल्लाउने बानी
कुनै पनि कुरामा सहमति वा असहमति जनाउने सबैभन्दा सहज उपाय भनेकै टाउको हल्लाएर प्रतिक्रिया दिने हो । तर तपाईंले आवश्यकता भन्दा बढी नै टाउको हल्लाउन थाल्नुभयो भने राम्रो मानिँदैन । त्यसैले सकेसम्म आवाजबाटै प्रतिक्रिया जनाउने गर्नुस् । टाउको हल्लाउने बानी हटाएकै राम्रो ।

घुरेर नहेरौ 
आँखा जुधाएर कुरा गर्ने भन्दा घुरेर हेर्नुस् भन्न खोजिएको हैन । तपाईंले कुराकानीका क्रममा एकपटकमा ७ देखि १० सेकेण्डसम्म आँखा जुधाउनुस्, अनि परेला झिम्क्याएर फेरि हेर्नुस् । यसो गर्दा तपाईंले उसको कुराप्रति चासो दिइरहेको भन्ने संकेत मिल्छ र तपाईंको विश्वसनीयता पनि बढ्छ ।

आंखालाई दायाँबायाँ नघुमाउनुस्
कतिपय मानिस कुराकानीका क्रममा दायाँबायाँ तलमाथि घुमाइराख्छन् । यसरी आँखा नचाइराख्नु राम्रो मानिँदैन । आंखालाई पटक-पटक तलमाथि र दायाँबायाँ गर्ने बानी तुरुन्तै हटाउनुस् ।

मुठ्ठी बाँधेर नबस्नुस्
कुराकानीका क्रममा मुठ्ठी कसेर बस्नु पनि राम्रो मानिँदैन । यसो गर्दा हातखुट्टा बाँधेको बेलामा जस्तै संकेत जान्छ । तपाईं खुलेर कुरा गर्न चाहनुहुन्न भन्ने बुझिन्छ ।

हात मिलाउँदा ध्यान दिनुस्
तपाईंले हात मिलाउँदै गर्दा बेफिक्र अन्दाज देखाउनु भयो भने पहिलो इम्प्रेसन नै नकारात्तमक पर्न जान्छ । साथै लथ्रक पर्नुभयो भने तपाईंको आत्मविश्वासमा कमी भएको बुझिन्छ । त्यसैले हात मिलाउँदा स्फूर्ति र आत्मविश्वास देखाउनुस् ।

पटक-पटक घडी नहेर्नुस्
कुराकानी र कुनै कामका दौरान बारम्बार घडी हेर्नुलाई पनि राम्रो मानिन्न । यसले तपाईं त्यो कुरा अथवा कामप्रति इन्ट्रेस्टेड हुनुहुन्न । तपाईं कुरालाई छिट्टै सकाउन चाहनुहुन्छ, अथवा तपाईंको ध्यान अन्तै कतै छ भन्ने अर्थ लाग्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved