यौनसुख भन्दा कयौ गुणा आनन्द हुन्छ चरमसुख, तर कसरी प्राप्त गर्ने ? (टिप्ससहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 21, 2016 | 09:21:42 AM मा प्रकाशित

laxmi  sunrise bank

यौनसुख प्राप्त गरेका सवैले यसकोे चरम सुख पनि प्राप्त गरेका हुन्छन भन्न सकिन्न् । चरम यौनसुख प्राप्त गर्ने रहर भएर पनि विविध कारणले यसको स्वर्गीय आनन्द भोग गर्न पाईरहेका हुदैनन् । यौन शिक्षा, ज्ञान, समय र यसको प्रयोग तरिका नजान्दा जीवनभर चरम सुखको आनन्दबाट वञ्चित हुने गर्दछ । चरम सुख भनेको सेक्स भित्र लुकेको एउटा ‘रसवरी’ हो ।

x

बेला बखत सार्वजनिक हुने विभिन्न सर्वेक्षण प्रतिवेदन र तथ्यांकहरु अध्ययन गर्दा पनि यो कुरालाई पुष्टी गर्छ । अझ नेपाल जस्तो अन्धविश्वासी र यौनलाई फोहोरी भनेर चिनिने समाजमा चरम सुखको कुरा अधिकांशकालागि अस्वभावीक पनि लाग्न सक्छ । ग्रामीण क्षेत्रको त के कुरा राजधानी जस्तो ठाँउमा समेत यौनका कुरा गर्नेलाई अझै नकारात्मक कोणले हेर्ने गरेको पाईन्छ ।

चरम सुख प्राप्त गर्ने हरेक मानवको चाहना हुन्छ तर उचित शिक्षाकै अभावमा उसले यसको दुरुपयोग गर्न थाल्छ र समाजमा नकारात्मक घटनाहरु बढ्न थाल्छ । चरमसुखको अभावमा दामपत्य जीवन नै खतरामा पर्ने गरेको समेत सार्वजनिक प्रतिवेदनहरुले औल्याएका छन । दुवैमा चरमसुखको वारेमा अनुभव नभए मात्रै सम्वन्धमा फाँटो आउँदैन अन्यथा चरम सन्तुष्टीको खोजीमा भौतारिन थाले भने दामपत्य जीवन मै खतराको घण्टी बज्न थाल्छ ।

सन् १९८३ मा प्ले ब्वाय म्यागेजिनले पहिलो पटक यौन सम्वन्धी विश्वव्यापी सर्भे गरेको थियो । यसले सार्वजनिक गरेको पछिल्लो तथ्य अनुसार ४३ प्रतिशत महिला आफ्नो श्रीमान वा ब्यायफ्रेन्ड हुंदाहुंदै पनि अरु केटासँग अनलाइन डेटिङ गर्छन । ५९ प्रतिशत महिला सेक्सका बेला आप्mनो पार्टनरलाई बढि उत्तेजीत बनाउँन आपूm चरमोत्कर्षमा पुगेको अभिनय गर्छन । स्मरण होस, महिलालाई चरमोत्कर्षमा पुग्न पुरुषलाई भन्दा धेरै समय लाग्छ ।

उसले सार्वजनिक गरेको सर्वेक्षण अनुसार सयमा ५६ जना पुरुषले आफ्नी श्रीमती वा गर्लफ्रेन्ड साथै अरु केटीहरुसँग पनि सेक्स गरेका हुन्छन् । आफ्नो गर्लफ्रेन्ड वा श्रीमती हुंदाहुंदै बाहिर सेक्स गर्नु भनेको चरम सुखको खोजी नै हो । आफ्नो पति÷पत्नी वा गर्लफ्रेन्ड÷ब्वायफ्रेन्डबाट चरम सन्तुष्टी पाउँन नसके पछि यसको खोजीमा भौतारिन थाल्छ जसले गर्दा दाम्पत्य जीवनमै टुषारापात भई दिन्छ ।

आफ्नो यौन उत्तेजनालाई नियन्त्रणमा राख्न नसक्दा कोही जीवनभर जेलको चिसो हावा खाएर बस्न बाध्य छन, कोही प्राणघाटक एचआइभी एड्सबाट समेत संक्रमित छन् भने कोही कलिलै उमेरमा आमा बन्नु परेको तितो यथार्थ छ । एक अध्ययन सर्वेक्षण अनुसार अझै पनि अधिकांश मानिसको मस्तिष्कमा घुसेका अन्धविश्वासी कुराहरु र यौनसाथीको स्वार्थताका कारण चरम यौनसुखबाट वञ्चित हुनेहरुको संख्या अधिक पाईएको छ ।

चरम सन्तुष्टी प्राप्तीकालागि दुवैको साथ र सहयोग त अत्यावश्यक छ नै यसका साथै दुवै जनामा पाककला, यौन शिक्षा र व्यवहारीक सिपको पनि उत्तिकै आवश्यक हुन्छ । नेपाली समाजमा यौनलाई फोहोरी कुरा भनेर सिकाईन्छ, बिबाह पछि आफै जानिन्छ भन्ने चलन छ, यौनका कुरा गर्नेलाई नकारात्मक कोणले हेरीन्छ । जसले गर्दा पनि यौन शिक्षाको अभावमा विकराल समस्याहरु आईरहेका छन ।

अझ पाठ्यक्रम बनाउँने सवालमा समेत विवाद उत्पन्न हुनु विडम्वनाको कुरा हो । यौन शिक्षा प्राप्त गर्ने स्रोत भनेकै केही साथीभाई मात्रै भएको छ नेपालमा । पाठ्यक्रम भरपर्दाे हुन सकेको छैन । यौनका वारेमा प्रकाशित पुस्तकहरुमा यौन शिक्षा भन्दा पनि अश्लिलता प्रदर्शन गरेका हुन्छन जसले यौनप्रति सकारात्मक भन्दा नकारात्मक सूचना प्रवाह गरेका हुन्छन् । उनीहरुको जिज्ञासा सही तरिकाले मेट्न सक्दैनन् ।

जुन कुरा गर्नु हुंदैन भनिन्छ त्यो कुराप्रति झुकाव बढ्नु मानवीय गुण नै हो । यौनको सवालमा पनि यो कुरा लागु हुन्छ । त्यसैले युवा अवस्थामा प्रवेश गर्नुपूर्व नै यौनको वारेमा सही साँचो कुरा बुझाउँन सकेमा पछि पछुटाउँन पर्दैनथ्यो ।

यौन एउटा व्यक्तिगत कुरा हो तर आफ्नो बेड पार्टनरसँग खुल्ला छलफलविना चरम संतुष्टी उपभोग गर्न सकिदैन । एउटाको मनभित्र उकुसमुकुस भएर फुट्न खोजेको उत्तेजनाको ज्वालामुखीलाई यौनसाथीको सानातिनो आनाकानीले सम्भोग पीडामय बन्न सक्छ । पीडावोध मात्रै होईन पार्टनरको मनमा हिनतावोध छाउँन सक्छ । चरम यौन सन्तुष्टीकालागि दुवैजना चरम उत्तेजनामा आउँनु जरुरी छ अन्यथा स्वार्थ केन्द्रित सम्भोगले चरम सुख प्राप्त हुन सक्दैन ।

दुवैको सहमतिमा खुलेर सम्वन्ध अघि बढाउँन सके मात्रै सम्भोगलाई सुखद बनाउँन सकिन्छ । त्यसैले दुवैको मनोभाव वुझेर मात्रै यस तर्फ लाग्नु पर्छ । आफ्नो पार्टनरको यौनीक अंगहरु पहिचान गर्न सक्नु नै उत्तेजनाको आधार हो । उत्तेजनालाई चरमोत्कर्षमा पु¥याउँन सक्नु नै चरम सुख भोगको आधार हो । पार्टनरलाई उत्तेजनामा ल्याउँन पहिले त उसको उत्तेजनात्मक अंगहरुको पहिचान गर्नु पर्ने हुन्छ । महिला होस या पुरुष दुवैको यी अंगहरु मान्छेपिच्छे फरक–फरक स्थानमा हुने गर्दछ । सामान्यतः हातका पाखुरा, औंला, आँखा, गाला, खुट्टाका पैंताला, मुख, जिव्रो, यौनांगहरु इत्यादि हुन । यि अंगहरुमध्ये आफ्नो पार्टनरको मुख्य उत्तेजनात्मक अंग कुन हो भनेर पत्ता लगाउनु नै चरम संतुष्टीको आधार तयार पार्नु हो । यसमा दुवैको उत्तिकै भुमिका हुन्छ ।

यदि यस्तो कुरामा ख्याल गरिएन भने त्यो सम्भोग बलत्कारसरह हुन सक्छ । यति मात्रै होईन यदि पार्टनरको पहिलो पटकको सम्पर्क हो भने यौनप्रतिको उसको सोचाई नै जीवनभर गलत भईदिन पनि सक्छ । पार्टनरको चाहनालाई वेवास्ता हुनु भनेको चरम सन्तुष्टीबाट विमूख हुनु हो । आप्mनो जीवनसाथीको हाउभाउ र ब्यवहारबाटै उत्तेजनाको स्तर पत्ता लगाउँनु पर्दछ ।

आफ्नो पार्टनरको बोली, हाउभाउ र ब्यवहारले नै उसको उत्तेजनास्तर कहाँ पुग्यो भन्ने कुरा पत्ता लाग्छ । कोही यौनीक शब्द सुन्नासाथ रातोपिरो भई उत्तेजित हुन्छन् भने कोही शारिरीक अंगहरुको सामिप्यताले उत्तेजित हुन्छन् । त्यसैले यस्तो कुराहरुमा विशेष ख्याल पु¥याउनु पर्ने हुन्छ । चरमसुखको आधारविम्ब पाकक्रिडा पनि हो । त्यसैले पाकक्रिडमा ध्यान दिन सके मात्रै चरम सुखभोग गर्न सकिन्छ । दुवैको चरम उत्तेजनापछिको सम्भोगले मात्रै चरम सुख प्राप्त हुने हुंदा पाकक्रिडामा पनि विशेष ख्याल राख्नु पर्दछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved