‘ए‘ ब्लड ग्रुप
यस ब्लड ग्रुप भएका व्याक्तिहरुले मांसाहारी भोजनको तुलनामा शाकाहारी भोजन बढी सेवन गर्नु उपयुक्त हुन्छ ।यस समूहको मानिसको पाचन शक्ति अन्य तुलनामा कमजोर हुन्छ, जसले दूधबाट बनेको चीज र मांसाहारी खानलाई सजिलै पचाउन सक्दैन । यस्तो अवस्थामा पेट सम्बन्धि विभिन्न समस्याहरूको सम्भावना बनिरहन्छ ।खानामा फलफूल र सागसब्जीको प्रयोग अधिक मात्रामा गर्नुस् । राजमाको सेवन भरसक नगर्दा लाभ हुन्छ । मांसाहारी खाना खाने ईच्छा भएमा रातो मासुको स्थानमा माछा खानु उपयुक्त हुन्छ ।
‘बी‘ ब्लड ग्रुप
यदि तपाई ‘बी’ ब्लड ग्रुपको हुनुहुन्छ भने तपाई सन्तुलित मात्रामा दूध र यसबाट बनेको पदार्थ तथा माछा, मासुको सेवन गर्न सक्नुहुन्छ ।तर केही खाद्य पदार्थ जस्तै: मसुरो, अरहर, तिल, मकै, कोदो र चना आदिको सेवन एकदमै न्यून गर्नुपर्दछ ।अत्यधिक गहुँ र टमाटरको सेवन यस ब्लड ग्रुपका लागि निकै फाइदाजनक हुन्छ ।वजन नियन्त्रण गर्नका लागि मकै, मम्फली, चिकन, गहुँको सेवन गर्नुहुँदैन भने अण्डा, मासु, हरियो सागसब्जी र ग्रीन टी ले वजन बढाउनमा निकै फाइदाजनक हुन्छ ।
‘एबी‘ ब्लड ग्रुप
‘एबी‘ ब्लड ग्रुप भएका मानिसहरुमा ए र बी दुवै ब्लड ग्रुपको लक्षण पाईन्छ ।यो समूहको मानिसले पनि अधिक शाकाहारी भोजन सेवन गर्नुपर्दछ, जसमा फलफूल र सागसब्जी समावेश गर्नुपर्दछ ।सकेसम्म चिकन र मकै जस्ता चीजहरूबाट टाढा रहनुपर्दछ । वजन कम गर्नका लागि रातो मासु र राजमाको सेवन गर्नुहुँदैन ।भुइँकटहर,सोयाबिनको पनीर, सी फूड, डेयरी उत्पादन जस्ता चीजहरू वजन कम गर्नका लागि उत्तम हुन्छ ।
‘ओ‘ ब्लड ग्रुप
-यदि तपाईको ब्लड ग्रुप ‘ओ’ हो भने तपाईले हाईप्रोटीनयुक्त भोजन सेवन गर्नुपर्दछ ।
– यस ब्लड ग्रुप भएका मानिसहरुलाई रातो मासु, सी फूड, पालक, ब्रोकोली जस्ता आहराले वजन कम गर्न मद्दत गर्छ ।
-फलफूल, सागसब्जी तथा कार्बोहाइड्रेटको सेवन तपाईको लागि फाइदाजनक हुन्छ ।