दक्षिण कोरियामा २ नेपालीको निधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2020 | 05:13:16 PM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण कोरियामा दुई नेपालीको मृत्यु भएको छ । कोरियाको छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले आत्महत्या गरे भने तनहुँका नरबहादुर रानाले औद्योगिक दुर्घटनामा परी ज्यान गुमाए हुन् ।

साँझ खाना खाएर सुतेका राई अर्को दिन आफू कार्यरत फार्मभित्रै मृत फेला परेका थिए । अढाइ महिना पहिला कोरिया गएका अविवाहित राईले बेलाबेलामा आफू मानसिक तनावमा रहेको बताउने गरेका थिए । घटनाबारे कोरिया प्रहरीले अनुसन्धान गरिरहेको सिउलस्थित नेपाली राजदूतावासले जनाएको छ ।

त्यस्तै तनहुँका रानाको भने कम्पनीमा गह्रुँगो सामान उचाल्न प्रयोग हुने गाडी मर्मत गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको हो । अविवाहित राना चार वर्ष १० महिनाको पहिलो कार्यकाल सकेर केही महिनाअघि मात्र कोरिया गएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved