पुष १८ को लगानी रणनीति: यी हुन लगानीकर्ताको रोजाईमा पर्न सक्ने १५ कम्पनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2019 | 10:56:30 AM मा प्रकाशित

laxmi  sunrise bank

बजार परिसूचक नेप्से घट्ने क्रमले मंगलबारको कारोबारमा पनि निरन्तरता पाएको छ। मंगलबारको कारोबारमा बजार परिसूचक नेप्से १।३६ अंकले घटेर ११८५।९१ को बुन्दुमा ओर्लिएको छ। 

ऐच्छिक अनलाइन लागू भएकै दिन बजारमा कारोबार रकम र भोलुममा भारि गिरावट आएको छ। कारोबार रकम २२ करोड ८५ लाख मै सिमित भएको छ। मंगलबारको कारोबारमा निर्जिबन बिमा, माइक्रोफाइनान्स र जीवन बीमा बाहेक अरु उपसूचक घटेका छन।  

आफ्नो समुहमा अपि हाइड्रोपावर Api Power Company Limited को पर्फर्मेन्स सबैभन्दा कम्जोर देखिएको छ भने कालिका लघुवित्त Kalika Laghubitta Bittiya Sanstha Limited , जेबिल्स फाइनान्स Jebils Finance Limited र मिथिला लघुवित्त Mithila Laghubitta Bittiya Sanstha Limited  को पर्फर्मेंश मध्यम देखियो ।  मंगलबारको कारोबारमा कालिका लघुवित्त Kalika Laghubitta Bittiya Sanstha Limited , जेबिल्स फाइनान्स Jebils Finance Limited र मिथिला लघुवित्त Mithila Laghubitta Bittiya Sanstha Limited को सेयर मुल्यमा तिब्र उतारचढाब देखियो।  

पुष १७ देखि सेयरबजारमा अनलाइन कारोबार प्रणाली फुल फेजमा लागू भएको छ, यद्दपी नेप्सेले तत्काललाई अनलाइन प्रणालीलाई लगानीकर्ताको लागि ऐच्छिक भनेको छ।   पहिलो दिनमा भएको कुल २२ करोड ८५ लाख मध्ये १७ प्रतिशत कारोबार अनलाइन मार्फत भएको छ।   Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM







महत्तपूर्ण बजार समाचार 

-नियमविपरित काम गरेकाले ४ क्यापिटललाई धितोपत्र बोर्डको कारबाही 

- १४ बैंक वित्तीय संस्थाद्वारा'सन्डे फनडे एण्ड वाउ वेईनस्डे' योजना अन्तर्गत भिजा कार्ड लन्च 

-ग्लोबल आइएमई बैंकको गैडाकोट नवलपारसी ब्रान्च संचालन

-बुटवल पावर कम्पनीले हिमताल हाइड्रोको  १९.४ प्रतिशत सेयर खरिद 

- सिटिजन बैंकको ३.६ प्रतिशत बोनस पश्चातको सेयर मुल्य समायोजन 

-हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत बोनस पश्चातको सेयर मुल्य समायोजन 

-सांग्रिला डेभलपमेन्ट बैंकको ४ प्रतिशत बोनस पश्चातको सेयर मुल्य समायोजन 

मुख्य घटना 

-सेन्चुरी कमर्शियल बैंक लिमिटेडको अवितरित सेयर लिलाममा 

- नयाँ नेपाल लघुवित्ती वित्तीय संस्थाको अवितरित सेयर लिलाममा 

-नेपाल एसबिआई बैंकको २५ औं बार्षिक साधारणसभाको लागि बुक क्लोज 

-आइएमई जेनेरल इन्स्योरेन्सको ८० प्रतिशत हकप्रद बिक्रि खुला 

-सिद्दार्थ बैंकको '१०.५ प्रतिशत एसबिएल डिबेन्चर २०८२ ' बिक्रि खुला 





उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर  'अन्डर प्राइस' क्यातोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ। 




ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ।

यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ






आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक बढ्ने प्रक्षेपण गरिएको छ।

नोट:

बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। 

यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved