एभरेष्ट इन्स्योरेन्स र माउन्टेन इनर्जीले मागे नयाँ सेयर निष्काशनको अनुमति, यस्तो छ आजको कारोबार प्रक्षेपण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2019 | 11:17:26 AM मा प्रकाशित

laxmi  sunrise bank

सेयरबजारमा चौथो दिन बजार परिसूचक नेप्से १३।१६ अंकले घटेर ११५०।१० को बिन्दुमा ओर्लिएको छ। त्यस्तै ४२ करोड ८३ लाखको सेयर कारोबार भएको छ। 

बुधबार कारोबारमा आएका १७४ कम्पनीका १४ लाख ८० हजार ६२ कित्ता सेयर ६ हजार ५६८ पटक कारोबार हुँदा ४२ करोड ८३ लाखको सेयर कारोबार भएको हो। बुधबारको कारोबारमा फाइनान्स समुह बाहेकका अन्य उपसूचकहरु घटेका छन। 

हाथवे फाइनान्स, अरुण काबेली पावर लिमिटेड र हिमालयन डिष्टिलरीको सेयर मुल्य आफ्नो समुहमा धेरैले घटेको छ भने वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, बरुण हाइड्रोपावर, खानिखोला हाइड्रोपावरको सेयर मुल्य आफ्नो समुहमा धेरैले घटेको छ। त्यस्तै सिनर्जी पावर डेभलपमेन्ट, बरुण हाइड्रोपावर र नेशनल हाइड्रोपावरको सेयर मुल्यमा बुधबारको कारोबारमा तिब्र उतारचढाब रह्यो।

युनाइटेड फाइनान्स लिमिटेडको सेयर मुल्य १० प्रतिशतले बढेपछि पोजिटिभ सर्किट लागेको छ। अर्थमन्त्री ड़ा युबराज खतिवडाले देशका सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुग्ने क्रममा रहेको र सरकारी तथा निजि दुवै बैंकको महत्त्व समान रहेको बताएका छन ।

हाम्रो विकास बैंक र ज्योति विकास बैंकलाई गाभ्न र गाभिनबारे उद्योग बाणिज्य मन्त्रालय तथा कम्पनी रजिष्टरको कार्यालयबाट अनुमति मिलेको छ। मर्जर पश्चात बैंकको नाम ज्योति विकास बैंक रहनेछ भने स्वाप अनुपात १:१ रहेको छ। एकीकृत कारोबार चैत १५ २०७५ देखि सुरु हुने जनाइएको छ।


महत्तपूर्ण बजार समाचार 

-नागबेली लघुवित्त वित्तीय संस्थाको ९.३८ प्रतिशत बोनस पश्चातको सेयर मुल्य समायोजन 

-नागरिक कोषद्वारा २२ प्रतिशत बोनस प्रस्ताब 

-नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड एनसीएचएल प्रणालीमा आबद्द 

-सजन देबकोटा शिबम सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त, चैत १ देखि कार्यकाल सुरु 

-एभरेष्ट इन्स्योरेन्सले माग्यो ३०० प्रतिशत हकप्रद बिक्रिको अनुमति, धितोपत्र बोर्डमा आबेदन दर्ज 

-नेप्सेमा जेबिल्स फाइनान्सको १९ लाख ७० हजार ६९४.५० कित्ता हकप्रद सुचिकृत  

-माउन्टेन इनर्जी नेपालले माग्यो आइपीओं निष्काशनको अनुमति, ३९ लाख ३६ हजार ५४ कित्ता पाइपलाइनमा, केयर एनपीबाट आइपीओलाई ग्रेड ४ रेटिंग, औषत अवस्था 

-स्पर्स लघुवित्तको आइपीओंमा ३३ गुणा बढीको आबेदन, ३  लाख ३ हजार ४४ जनाबाट ८३ लाख २७ हजार ६३० कित्ताको माग 

आजका महत्त्वपूर्ण घटना 

-एनएमबि बैंकको '१० प्रतिशत एनएमबि डिबेन्चर २०८५' को ३० लाख इकाई बिक्रीमा, 

-ग्लोबल आइएमई बैंकको '१०.२५ प्रतिशत ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर २०८०/८१' बिक्रीमा, १५ लाख इकाई बिक्रीमा




उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्याटोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा नेपाल बैंक सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने एभरेस्ट सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन।





आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक बढ्ने प्रक्षेपण गरिएको छ।
नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।
Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved