वाम गठबन्धन विदेशी चलखेलको भुँवरी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 07, 2017 | 04:28:23 AM मा प्रकाशित

laxmi  sunrise bank

कमजोर र अपरिपक्व राजनीतिक अवस्थामा विदेशीले खेल्न खोज्नु वा खेल्नु कुनै आश्चर्य होइन । हाम्रो आन्तरिक अवस्था र नेताको शैली हेर्दा त्यो स्वाभाविक पनि हो । हाम्रो भूराजनीति अन्तर्राष्ट्रिय ‘चियो’ लाई निम्त्याउने प्रकृतिको छ भने कूटनीतिक संरचना लथालिंग भइसकेको छ । पुरानो जस्तो बलियो र परिपक्व कूटनीतिक संरचना अहिले छैन । कूटनीतिमा लहड र अल्लारेपन देखिएको वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय ‘चियो’ र ‘चलखेल’ बढ्नु स्वाभाविक हो । मुलुकभित्र शक्ति मुलुकको प्रतिस्पर्धा चलेको कतै छिपेको छैन । कहिले पश्चिमा शक्ति यहाँ हावी हुन्छ भने कहिले छिमेकीहरूबीच नै प्रतिस्पर्धा भइरहन्छ । यहाँको राजनीतिक तरलतामा यतिबेला दुई छिमेकको प्रतिस्पर्धा सतहमा देखिन थालेको छ ।


नेपालमा गोप्य रूपमा भारत, चीन र पश्चिमा मुलुकका नेता तथा निर्देशित व्यक्तिहरूको चर्को आउजाउ र राजनीतिक भेटघाट हुने गरेको छ । उनीहरू कुनै न कुनै अवसर खोजिरहेका हुन्छन् । यो प्रक्रिया लामो समयदेखि जारी छ । अहिलेजस्तो राजनीतिक अवस्थामा यस्तो सक्रियता बढ्नु स्वाभाविक हो । छिमेकीहरू ९भारत र चीन० को आन्तरिक प्रगति र विकासले नेपालमा पश्चिमाको उपस्थिति पनि बढदो छ । त्यसलाई निस्तेज पार्न छिमेकीहरू पनि उत्तिकै सक्रिय छन् । दुवै छिमेकी उदाउँदो शक्तिका रूपमा अघि बढेकाले नेपालमा कूटनीतिक चाप बढदै गएको चन्दशेखर अधिकारीले  कान्तिपुरमा टिप्पणी लेखेका छन ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved