आइएमई पेका बिक्रेताले आफैँ निशुल्क विज्ञापन गर्न सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2019 | 03:57:53 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पे मोबाइल वालेट एपमा नयाँ विशेषता थपिएको छ । एपमा डिल्स भन्ने नयाँ बिशेषता थपिएको छ जसबाट आइएमई पे मोबाइल वालेट एप चलाउने ग्राहकले  विभिन्न रेस्टुरेन्ट वा पसलहरूले उपलब्ध गराएका अफरहरू प्राप्त गर्न सक्नेछन् । 

आइएमई ग्रुप अन्तर्गतको आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा संचालित आइएमई पे मोबाइल वालेट एप गुगल प्ले वा एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ । आफ्नो व्यक्तिगत जानकारी उपलब्ध गराई प्रमाणित भएपछि सेवाग्राहीहरूले आइएमई, आइएमई पे एजेन्टबाट, आफ्नो बैंकबाट सिधै वा आइएमई पे मोबाइल वालेट एप चलाउने आफ्नो साथी भाइबाट मोबाइल वालेटमा पैसा हाल्न सक्छन् । 

आइएमई पेले हाल काठमाडौँ र पोखराका विभिन्न रेस्टुरेन्टहरूमा  डिल्स सेवा अन्तर्गत् विभिन्न छुटको व्यवस्था गरेको छ ।

आइएमई पे मोबाइल वालेट एपको डिल्सको विशेषता

१. आइएमई पे मोबाइल वालेट एपका कुनै पनि ग्राहकले तोकिएको स्थानमा गई आइएमई पेबाट भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्ने । 

२. आइएमई पेबाट विक्रेता बनेकाले आफ्नो छुटको विज्ञापन बिना कुनै शुल्क आइएमई पेका ग्राहकहरूलाई देखाउन वा प्रदर्शन गर्न सक्ने ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved