सानिमा बैंकको १६ प्रतिशत बोनस सेयर पाउन कसले तिर्नुपर्छ कर ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 04, 2017 | 02:25:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताब गरेको छ। बैंकको भदौ १६ मा बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताब गरेको हो।

संचालक समितिको उक्त प्रस्ताव राष्ट्र बैंक र बैंकको साधारण सभाले पारित गरेपछि बैंकका शेयरधनीहरुले बोनस शेयर पाउने छन। बैंकले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई बोनस शेयर दिने प्रस्ताव गरेको हो। अघिल्लो बर्ष बैंकले १५ प्रतिशत बोनस शेयर दिएको थियो।

बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्नु अघि कायम सेयरधनीहरुले बोनस शेयरका लागी कर तिर्नु नपर्ने सानिमा बैंकले जनाएको छ। सानिमा बैंकको असोज २८ मा बसेको १२ औ बार्षिक साधारणसभाले बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति (गाभ्ने) निर्णय गरेको हो। सानिमाले बागमतीलाई ४१ प्रतिशत स्वाप अनुपातमा प्राप्ति गरि गत पुष २९ देखि एकीकृत कारोबार थालेको हो। 

तर बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपश्चात दोस्रो बजारबाट सानिमा बैंकको सेयर खरिद गरेका सेयरधनीहरुले भने १६ प्रतिशत बोनस सेयर बापत लाग्ने कर तिर्नु पर्ने बैंकले जनाएको छ। राष्ट्र बैंकले मर्जरलाई प्रोत्साहन दिनका लागी मर्जर,एक्जिविसन वा एक्वायर गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई २ आर्थिक बर्षका लागी लाभांशमा लाग्ने करमा छुट दिएको छ।

 १६ प्रतिशत बोनस सेयर वितरण पश्चात सानिमा बैंकको चुक्ता पुंजी ८ अर्ब नाघ्नेछ। हाल सानिमा बैंकको चुक्ता पुंजी ६ अर्ब ८९ करोड रहेको छ।    बैंकले गत आर्थिक बर्ष अघिल्लो आर्थिक बर्षसंगको तुलनामा ३४ प्रतिशतले बढाएर १ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ भने उसको जगेडा कोषमा  २ अर्ब १९ करोड रहेको छ।   

यो पनि:

सानिमा बैंकले गर्यो लाभांश घोषणा, हेर्नुस कति दिने भयो बोनस

EXCLUSIVE: डिबेन्चर प्रोभिजन पश्चात २८ बाणिज्य बैंक मध्ये कुन बैंकको लाभांश क्षमता कति ?

'बिशेष रिपोर्ट : ग्लोबल आइएमई र सानिमा बैंक मध्ये कसको लाभांश क्षमता बढी? '

के तपाई फाइनान्स कम्पनीको सेयरमा लगानी गर्ने सोच्दै हुनुहुन्छ ? जान्नुहोस, यी १६ फाइनान्सको वित्तीय अवस्था

EXCLUSIVE:कुन लघुवित्तको सेयरमा लगानी बढी प्रतिफलमुलक ? जान्नुहोस, ३२ लघुवित्तको कमाई र लाभांश क्षमता

EXCLUSIVE REPORT: १५ निर्जिबन बिमा कम्पनी मध्ये कुन कम्पनीको लाभांश क्षमता कति ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved