हालसम्म २७ बैंक तथा वित्तीय संस्था 'सी आश्वा'मा आवद्द, २४ दिनमा सबैले लिई सक्नु पर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 29, 2018 | 12:05:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आगामी फागुन ११ गतेदेखि सी आश्वा पूर्ण रुपमा कार्यन्वयनमा आउने जनाईसकेको छ । यस अघि सिडिएसले माघ ९ गते  'सी आश्वा' प्रणाली अनिवार्य भएको जनाएको थियो  । तर धितोपत्र बोर्डले यस प्रणालीलाई १ महिनापछि देखि मात्र पूर्ण कार्यन्वयनमा ल्याउन निर्देशन दिएपछि कार्यन्वयन मिति पछि धकेलिएको हो  ।

आश्वा प्रणालीलाई थप ब्यबस्थित, सर्वसुलभ र चुस्त बनाउन 'सी आश्वा' प्रणाली पूर्ण रुपमा लागु गर्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले  'सी आश्वा' प्रणाली लागु गर्न लागेको जनाएको हो । 

हालसम्म केवल २७ बैंक तथा वित्तीय संस्थाले सी आश्वाको अनुमति लिएका छन् ।   हाल बोर्डबाट अनुमती प्राप्त ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुको करिव २५०० शाखाहरुबाट नेपालभरी आस्वा लागू भैरहेको छ  । बा फागुन ११ पछि ति सबै सी आश्वामा परिणत हुने छन् । सिडिएसले यस अवधि भित्र नै सम्पूर्ण लगानीकर्तालाई आश्वा रजिस्ट्रेशन नम्बर सीआरएन लिई सक्न समेत अनुरोध गरेको छ ।

यो प्रणाली कार्यान्वयनमा आएसँगै अब घरमै बसेर आइपिओ, एफपिओ तथा हकप्रद शेयरमा आवेदन दिन सकिने भएको छ । यो प्रणालीले धितोपत्र बाँडफाँडको प्रक्रिया समेत छोटिने भएको छ । सिडिएसका प्रबक्ता सुरेश न्यौपानेका अनुसार यस प्रणाली पूर्ण रुपमा कार्यन्वयन भईसकेपछि धितोपत्रको सार्बजनिक निष्काशनको बन्द भएको भोली पटक नै धितोपत्र बाँडफाँड गर्न सकिन्छ । उनले भोलिपल्टै धितोपत्र बाँडफाँड गर्न सम्भव हुने भए पनि सिडिएसले कम्तिमा १ हप्ता भित्र  धितोपत्र बाँडफाँड गर्ने लक्ष्य लिएको बताए  ।

यो प्रणालीको प्रयोगले आवेदकको हितग्राही खाता आवेदन गर्नु पूर्व नै रुजु गरिने हुँदा कुनै पनि आवेदक हितग्राही खाता नमिलेको कारण बाँडफाँड प्रक्रियाबाट बञ्चित हुनु नपर्ने सिसडएसिले जनाएको छ । सि-आस्वामा एक पटक दर्ता भइसकेका लगानीकर्ताले घरमै बसेर इन्टरनेटको माध्यमबाट खरिद आवेदन दिन सक्नेछन । त्यस्तै बैंक तथा वित्तीय संस्थामा प्राप्त भएका आवेदन सम्बन्धि विवरण बिक्री प्रबन्धकलाई सफ्टवेयर मार्फत सोझै प्राप्त हुने छ ।

Registered Banks in C-ASBA:

S.No.Bank NameBank Code
1Bank of Kathmandu Ltd.1101
2Excel Development Bank Ltd.7502
3Garima Bikas Bank Ltd.6601
4Global IME Bank Ltd.1901
5Goodwill Finance Ltd.9001
6Guheshwori Merchant Banking Finance Ltd.9915
7Janata Bank Nepal Ltd.2701
8Jebils Finance Ltd.9938
9Kumari Bank Ltd.1601
10Laxmi Bank Ltd.1701
11Machhapuchhre Bank Ltd.1501
12Mahalaxmi Bikas Bank Limited.9931
13Nabil Bank Ltd.401
14Nepal Bangladesh Bank Ltd.901
15Nepal Bank Ltd.101
16Nepal Credit & Commerce Bank Ltd.1201
17Nepal Investment Bank Ltd.501
18NIC Asia Bank Ltd.2301
19NMB Bank Ltd.2501
20Prabhu Bank Ltd.2601
21Rastriya Banijya Bank Ltd.201
22Sanima Bank Ltd.4501
23Siddhartha Bank Ltd.1801
24Srijana Finance Ltd.8201
25Sunrise Bank Ltd.2201
26Tinau Bikas Bank Ltd.7401
27United Finance Ltd.9801

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved