मध्य भोटेकोशीको आईपिओ बाँडफांड आज, रिजल्ट बिजपाटी डटकममा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2018 | 10:55:28 AM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनी Madhya Bhotekohi Jalavidhyut Company Limited   ले निष्काशन गरेको आईपिओ आज (पुस ४)  बाँडफांड हुने भएको छ। बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार दिउँसो ३ बजे धुम्बाराहीको स्मार्ट क्याफेमा शेयर बाँडफांड हुने जनाएको छ। 

कम्पनीले कार्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म संचयकर्ताको लागि र मंसिर १९ गतेदेखि २६ गतेसम्म संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरु तथा संचय कोषका कमर्चारीको लागि शेयर निष्काशन गरेको थियो ।

कम्पनीले संचयकर्ताको लागि १ करोड १७ लाख कित्ता शेयर निष्काशन गरेको हो । यसमा कम्तीमा ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन गर्न सक्ने ब्यबस्था थियो । यस समुहमा १ लाख ३९ हजार ७ सय ७८ जना योग्य आवेदक रहेको क्यापिटलले जनाएको छ। जस अनुसार न्युनतम ५० कित्ताको लागि आवेदन दिनेले ५० नै कित्ता पाउने छन् । अधिकतम कित्ताको लागि आवेदन दिनेले ९० कित्ताको हाराहारीमा शेयर पाउन सक्ने आंकलन गरिएको छ । ५० कित्ताको लागि मात्र आवेदन दिनेको संख्या एकिन नभएकोले यो आंकलन तल माथि पर्न सक्ने छन् । 

त्यस्तै कम्पनीले संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुको लागि २१ लाख कित्ता शेयर निष्काशन गरेको थियो । यस समुहमा  ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन गर्न पाउने प्रावधान थियो । जसमा ८ हजार ४ सय ३९ योग्य आवेदक रहेको क्यापिटलले जनाएको छ  । यसमा न्युनतम ५० कित्ताको लागि आवेदन दिनेले माग अनुसार कै शेयर पाउने छन्  ।  

त्यस्तै कम्पनीले कर्मचारी संचय कोषका कर्मचारीको लागि ६ लाख कित्ता शेयर निष्काशन गरेको थियो  ।  यस समुहमा  ५० कित्तादेखि १२ सय कित्तासम्मका लागि आवेदन गर्न पाउने प्रावधान थियो । जस अनुसार ६ सय १२ योग्य आवेदक रहेको क्यापिटलले जनाएको छ । यसमा अधिकांश आवेदकले माग अनुसार कै शेयर पाउने देखिएको छ । 

नतिजा बिजपाटी डटकममा 

आइपीओ बाँडफांड पश्चात नतिजा बिजपाटी डटकममा प्रकाशित हुनेछ। 

बिजपाटि डटकमको मेनुबारमा रहेको आइपीओ रिजल्ट (IPO) मा क्लिक गरेर नतिजा हेर्न सक्नु हुनेछ । तपाईले Check Your IPO Result  भन्ने देख्नुहुन्छ। त्यहाँ 'मध्य भोटेकोशी जलविद्युत कम्पनी' भन्ने शिर्षक छ। आफुलाई चाहिने शिर्षक छनौट गर्नुहोस। तपाईले आफ्नो नाम मात्र राखेर पनि नतिजा हेर्न सक्नुहुन्छ।   

यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिने छ ।  


संचयकर्ताले रुचाएनन मध्य भोटेकोशीको आईपिओ, तामाकोशीको 'ह्यांङओभर' कि बजारको डर ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved