'जुनसुकै बेला पैसा फिर्ता लिन सकिने' सामुहिक लगानी योजना आजबाट, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2019 | 06:30:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कै पहिलो खुलामुखी सामुहिक लगानी कोषको इकाईहरु आज जेठ १९ बाट बिक्रि खुला भएको छ।  एनआईबिएल एस क्यापिटलले एनआईबिएल सहभागिता फण्डको नामबाट पहिलो पटक खुलामुखी योजना ल्याएको हो   क्यापिटलले २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याएको हो । 

दुई करोड इकाईमध्ये बिज पूँजी वापत १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र ६५ लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित राखिएको छ । बाँकि एक करोड २५ लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।

लगानीकर्ताले प्रति इकाई १० रुपैयाँ दरले न्यूनतम १०० इकाईको र अधिकतम २ लाख ५० हजार इकाईका लागि आवेदन गर्न सकिन्छ। यस निष्काशनमा आवेदन दिनको लागि छिटोमा जेठ २२ गतेसम्मको मिति तोकिएको छ । सो समयसम्ममा आवश्यक माग नपरेको खण्डमा असार १६ गतेसम्म आवेदन दिन सकिने छन्  ।

यस निष्काशनमा सम्पूर्ण सि आश्वा सदस्यस्ता प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट पनि अनलाईन मार्फत पनि आवेदन गर्न सकिनेछ । 

यो पनि : 

'खुलामुखी योजनामा जुनसुकै बेला पैसा फिर्ता लिन सकिन्छ' योजना व्यवस्थापकको अन्तर्वार्ता





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved